शिवम् सिमेन्टकाे ‘शिवम् सन्देश’ योजना सार्वजनिक

काठमाडौं । शिवम् सिमेन्टले ‘शिवम् सन्देश’ योजना सार्वजनिक गरेको छ । ‘शिवम् सन्देश’ गुणस्तरीय, सुरक्षित र जुगौँ टिक्ने घर निर्माणका लागि जनचेतनामूलक सन्देशहरूको संग्रह हो । यसमा घर निर्माणका योजनाहरू बनाउँदै गर्दा, घर बनाउँदै गर्दा र घर बनाइसकेपछि ध्यान दिनुपर्ने जानकारीहरू समावेश गरिएको छ ।

घर बनाउने जग्गाको छनोट गर्नेबारेका सुझावदेखि गुणस्तरीय निर्माण सामग्रीको छनोट र भण्डारण कसरी गर्ने भन्ने विषय समेटिएको छ । भूकम्प र बाढीजस्ता प्राकृतिक प्रकोप प्रतिरोधी घर निर्माण, इन्जिनियर र आर्किटेक्ट जस्ता प्राविधिकको महत्व विषयलाई पनि समेटिएको छ ।

घर बनाउँदा बजेटको व्यवस्थापन र वितरण कसरी गर्ने जस्ता जटिल लाग्ने प्रश्नहरुको सरल जनबोलीमा दिइएका सल्लाह र सुझावहरू ‘शिवम् सन्देश’मा समेटिएका छन् । साथै, साधारण लाग्ने तर घर निर्माणको योजना बनाउन र घर निर्माणका क्रममा निकै उपयोगी हुनसक्ने महत्वपूर्ण जानकारी, सल्लाह र सुझावहरु पनि ‘शिवम् सन्देश’मा समेटिएको छ ।

सन् २००९ मा मध्य नेपालको हेटौँडामा स्थापित शिवम् सिमेन्ट उद्योगले स्थानीय गुणस्तरीय चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरीय शिवम् सिमेन्टको उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया