दलित सामाजिक अभियन्ता मनोज राम काठमाडौंमा सम्मानित

पर्सा । पर्सा मिलन केन्द्र काठमाडौंले दलित सामाजिक अभियन्ता तथा पिसफर दलितस फाउन्डेसन नेपाल मधेश प्रदेश पर्साका अध्यक्ष मनोज रामलाई शनिबार सम्मानित गरेको छ । २३औं पर्सा दिवसको अवसरमा पर्सा मिलन केन्द्र काठमाडौंले ललितपुरको जावलाखेलमा आयोजना गरेको अभिनन्दन तथा सम्मान कार्यक्रममा मनोज रामलाई सम्मान गरिएको हो ।

सामाजिक सेवा , सामाजिक रुपान्तरण , सामाजिक परिवर्तन, सामाजिक न्याय , दलित समुदायको सेवामा पुर्याएको योगदानको कदर गरि उनलाई सम्मान गरिएको हो ।

मनोज रामसहित सो अवसरमा शिक्षा , स्वास्थ्य ,कला , साहित्य, उद्योग , व्यवसाय, खेलकुद, सामाजिक, सञ्चार , विज्ञान तथा प्रविधि क्षेत्रहरूमा पर्सा जिल्ला, प्रदेश, देश, विदेशमासमेत विशेष योगदान तथा ख्याति कमाएका पर्सावासी व्यक्तिहरुलाई अभिनन्दन, सम्मान तथा कदर गरिएको थियो ।

अभिनन्दन तथा सम्मान कार्यक्रममा दलित सामाजिक अभियन्ता मनोज रामलाई कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति राम सहाय यादवले सम्मानपत्र प्रदान गरे । सो अवसरमा विशिष्ट अतिथि उद्योग , वाणिज्य तथा आपूर्ति मन्त्री माननीय रमेश रिजालले दोसल्ला ओढाई सम्मान गरे ।

मनोज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट चिरपरिचित दलित सामाजिक अभियन्ता हुन । विगत १५ वर्ष देखि पर्सा जिल्ला लगायत मधेश प्रदेशको जिल्ला र राष्ट्रिय स्तरमा सामाजिक कार्यमा सक्रिय छन्। अहिले पर्सा जिल्लाको १००० बालबालिकाहरुलाई लक्षित गरि शिक्षा तथा बालबालिकाको लागि कार्य गरिरहेका छन्।

हालसम्म मनोज रामले पर्सा जिल्लामा दलित समुदायको बालबालिकाको लागि शिक्षामा पहुँच, विद्यालय टिकाउ , गुणस्तरीय शिक्षा, सिकाई सुधार, सामुदायिक परिवर्तन , कक्षा उतिर्णमा सुधार, शिक्षामा बानिको विकासको लागि समुदाय टोल बस्तीमा ५ स्थानमा सामुदायिक निःशुल्क ट्युसन कक्षा केन्द्र सञ्चालन गरेका छन्। यो अभियान बाट १००० बालबालिका लाभाम्वित छ्न् ।

कार्यक्रमको सहजीकरण पर्सा मिलन केन्द्र काठमाडौंका महासचिव ललनप्रसाद साह र प्रतीमा चौधरी गरेका थिए ।

प्रतिक्रिया