राैतहट । राैतहट जिल्लाकाे मध्यभाग गरूडामा रहेकाे श्रीराम सुगर मिलकाे प्रांगणमा सबै दलका दलित भातृ संगठनका दलित अगुवा तथा नेताहरूकाे बैठक सम्पन्न भएको छ । बैठकमा वृन्दावन नगरपालिका कार्यपालिका सदस्य एवं पत्रकार राजेश पासवान संग छठघाटमा भएको विभेदविरुद्ध एकजुट भएर अगाडि बढ्ने टुंगो लगाएका छन् ।
बुधबार बैठक बसेकाे दलित अगुवाहरूले मुदा प्रकृया लगायत संघर्षको बारेमा छलफल गरेका थिए । स्मरणीयहाेस् जिल्लाको पिपरिया स्थित छठ घाटको पन्डालमा प्रवेश गरेको निहुँमा नेपाल दलित मुक्ति संगठन मधेश प्रदेश कमिटी सदस्य तथा वृन्दावन नगरपालिकाका कार्यपालिका सदस्य समेत रहेका पासवानमाथि अभद्र व्यवहार र गाली बेइज्जति तथा जातीय छुवाछूत तथा भेदभाव गरिएको घटना बाहिर आएको थियो ।
उक्त घटनामा श्री सानूकिम्ताङ माध्यमिक विद्यालय, म्याङ गाउँपालिका ४ किम्ताङ नुवाटमा कार्यरत प्रधानाध्यापक भरतप्रसाद यादव तथा अधिकृत शंकर ठाकुर, प्रेम यादव, गोपी महतो लगायतले दलित भनेर अपशब्द प्रयोग गर्दै उनीमाथि अभद्र व्यवहार गरेका थिए । एउटा विद्यालयका प्रधानाध्यापक तथा नेपाल सरकारका अधिकृत जस्तो पदमा रहेका व्यक्तिहरुबाट भएको साे घट्नाको चाैतर्फी विराेध भईरहेकाे छ ।
दलितका विभिन्न संगठनहरूले साे घटनाको जति विरोध तथा निन्दा गरेपनि कम हुने भन्दै घट्नाको घोर भत्सर्ना गरेका छन् । सो घटनाको विरोध देशैभरि हुन थालेको छ ।
नेपालको संविधान तथा जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन २०६८ तथा विद्यमान ऐन कानूनको विरुद्ध एक जना कार्यपालिका सदस्यमाथि जातीय विभेद गर्ने प्रधानाध्यापक यादव तथा अधिकृत ठाकुर लगायतका व्यक्तिहरुमाथि कानून अनुसार कार्वाही गर्न जोडदार माग समेत गरिएको छ । साे अवसरमा जिल्लाभरी विभिन्न पार्टीमा आवद्ध दलित नेता तथा अगुवाहरूकाे सहभागीता समेत रहेको थियाे ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया