काभ्रेमा ग्यास चुहिएर आगलागी

काभ्रे । काभ्रेमा ग्यास चुहिएर आगलागी भएको छ । बिहीबार बिहान ११ बजेको समयमा काभ्रेको बनेपा नगरपालिका– १३ पुरानो साँगा बद्रिनाथ जोशीको ईट्टा र जस्ताले छाएको तीन तले घरको तेस्रो तलाको किचन कोठामा ग्यास चुहिएर आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागी भएको सूचना आउने बित्तिकै तत्काल प्रहरी वरिष्ठ निरीक्षक प्रकाश थापाको कमाण्डमा ७ जनाको टोली आगो निभाउन खटिएका थिए । आगो निभाउन काभ्रेबाट प्रहरी उपरीक्षक को कमाण्डमा ७ जना र इलाका प्रहरी कार्यालय बनेपाबाट प्रहरी नायब उपरीक्षकको कमाण्डमा १७ जनाको टोली खटिएको थियो ।

बनेपा नगरपालिकाको मिनी दमकल र भक्तपुर नगरपालिकाको मिनी दमकलसमेत पुगेर उक्त आगो निभाउने कार्य गरेको प्रहरीले जनाएको छ । आगलागीबाट कुनै पनि मानवीय क्षति नभएको बताइएको छ ।

प्रतिक्रिया