काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोट फाइनल अन्तर्गतको आज हुने सेमिफाइनल खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुने खेलमा यूएईले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको हो । नेपाल र यूएईबिचको सेमिफाइनल खेल नेपाली समयअनुसार, विहान ११ बजे मुलपानी क्रिकेट मैदानमा सुरु हुँदैछ ।
आजको खेलको विजेताले आगामी वर्ष वेष्ट इण्डिज र अमेरिकामा हुने टी– २० विश्वकपमा स्थान पक्का गर्नेछ । घरेलु टोली नेपाल यो पटक घरेलु मैदानमा यूएईलाई पराजित गर्दै नयाँ इतिहास लेख्न चाहन्छ ।
दीपेन्द्र पनि खेल्ने
अलराउन्डर दीपेन्द्रसिंह ऐरी टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत यूएईविरुद्धको सेमिफाइनल खेल्ने भएका छन् ।
नेपालले आजको खेलमा एक परिवर्तन गरेको हो । यूएईविरुद्ध दीपेन्द्रसिंह ऐरीले स्थान बनाउँदा सन्दीप जोरा बाहिरिएका छन् । यसअघि छनोटको सुरुवातमै खुट्टामा चोट लागेर दीपेन्द्रले समूह चरणका सबै खेल गुमाएका थिए ।
समूहगत ‘ए’ ग्रुपमा रहेको सेमिफइनल खेलमा नेपालको खराब ब्याटिङका कारण ओमानसँग ५ रनले हारेको थियो । आज हुने ‘बी’ ग्रुपको विजेता यूएईविरुद्ध नेपाल खेल्न लागेको हो ।
प्रतिक्रिया