टी– २० विश्वकप छनोट : नेपालको खराब ब्याटिङका कारण ओमानसँग हार्यो

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट एसिया क्षेत्र छनोटअन्तर्गत नेपालको खराब ब्याटिङका कारण ओमानसँग पाँच रनले हारेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबारको खेलमा टस जितेर पहिलो फिल्टिङको निम्तो पाएको नेपालले जितका लागि १४६ रनको लक्ष्य पाएको थियो । पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ओमानले १४५ रन बनाएको थियो ।

सामान्य लक्ष्य पछ्याएको नेपाल १४० रनमा अलआउट हुन पुग्यो । ओपनर ब्याटर कुशल भुर्तेल २६ बाहेक कसैले पनि उल्लेख रन बनाउन सकेनन् ।

सोमपाल कामी, सन्दीप जोरा र क्याप्टेन रोहित पौडेल १२–१२ रन बनाएर आउट भए भने कुशल मल्लले १० रन मात्र बनाउन सके ।

सातौँ नम्बरमा आएका विवेक यादवले २४ बलमा ३९ रन बनाए पनि अन्तिम बलमा छक्का हान्न नसक्दा नेपालले खेल गुमाउन पुग्यो ।

ओमानलाई १४५ रनमा रोक्ने क्रममा नेपालका तर्फबाट बलर करन केसीले ३, सोमपाल कामीले २, सन्दीप लामिछानेले २ र गुलशन झा र अभिषेक बोहराले १ विकेट लिएका थिए। लामिछानेले एउटै ओभरमा ओमानका दुई जना ब्याटरलाई पेबेलियन फर्काएका थिए ।

ओमानका ब्याटर जिसन मक्सुदले ३२ र प्रतीक अथाभलेले २४, साकिल अहमदले नटआउट २२ रन, आयन खानले १८ रन बनाए । अन्य ब्याटरले ठूलो योगदान गर्न सकेनन् । त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए ।

ओमान समूह ‘बी’ को बिजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ भने नेपाल उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । फाइनल प्रवेश गर्ने दुई टोलीले २०२४ मा वेष्टइन्डिज र अमेरिकामा हुने टी–२० विश्कप खेल्नेछन् ।

प्रतिक्रिया