पराल बोकेको ट्रक सडकबाट खस्दा दुई जनाको मृत्यु, एक घाइते

काभ्रे । पराल बोकेको ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । काभ्रे जिल्लाको पनौती नगरपालिका– २ सिलाभन्ज्याङस्थितमा कुशादेवीबाट नयाँ गाँउ र्फ जाँदै गरेको बा ४ ख ६७२३ नम्बरको पराल लोड भएको निसान गाडी ब्रेक फेल भई सडकबाट ६०० मिटर तल खस्दा निसानमा सवार तीन जना घाइते भई उपचारको लागि सिरमेमोरीयल अस्पताल पठाएकोमा घाइतेमध्ये दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

उक्त घटनामा चालक काभ्रेको पनौती नगरपालिका– २ कुशादेवी बस्ने वर्ष ४० का रविन आचार्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका उनलाई उपचारको लागि अस्पताल पुर्याउँदा मृत्यु भएको बताइएको छ ।

यस्तै काभ्रेको बेथानचोक गाउँपालिका– २ बस्ने वर्ष ५० का शिव बिक्रम केसीको अस्पताल ल्याई पुर्याउँदा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै काभ्रेको बेथानचोक गाउँपालिका– २ की वर्ष ४५ की सारदा तिमल्सिनाको टाउको घाँटीमा, दुबै हात खुट्टामा चोट र अवस्था गम्भिर रहेको डिएसपी श्रेष्ठले बताए ।

प्रतिक्रिया