प्युठानमा २ लाख बढी मुल्यको म्याद नाघेको पेय पदार्थ बरामद

प्युठान । प्युठान जिल्लामा चाडपर्व नजिकिए संगै बजार अनुगमनका क्रममा म्याद नाघेको २ लाख बढी मुल्य बराबरको पेय पदार्थ बरामद गरिएको छ । जिल्लाको ब्यापारीक केन्द्र प्युठान नगरपालिका-८ बाग्दुला स्थित सृजना अडर एण्ड सप्लार्यसको गोदामबाट करिब २ लाख २० हजार ६ सय ४१ रुपियाँ बराबरको पेय प्रदार्थ जफत गरिएको हो ।

बजारमा अखाद्य तथा म्याद गुर्ज्रेका बस्तु तथा सामाग्री बिक्रीवितरण गर्दा जनताको स्वास्थ्यमा असर पुग्ने भन्दै बजार अनुगमन कार्यलाई तिब्र पारिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । चाडपर्वमा उपभोक्ता ठगिने सम्भावनालाई मध्यनजर गरी बजार अनुगमनलाई तीब्रता दिएको अनुगमन टोलिले जनाएको छ । बजार अनुगमन टोलिले जिल्लामा रहेका किराना पसल, मासु पसल र होटल लगाएतमा अनुगमन गरेको छ ।

आइतबार प्युठान नगरपालिकामा पर्ने मुख्य ब्यापारिक केन्द्र बाग्दुला बजार बिजुवार बजार अनुगमन म्याद नाघेका पेय पदार्थ तथा अन्य सामाग्री बरामद गरि नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालय प्युठानका सुचना अधिकारी चम्पक श्रेष्ठले जानकारी दिए ।

अनुगमनकै क्रममा विभिन्न पसल तथा गोदामबाट ईनर्जि ड्रिङ्क २ सय ५० मिलिलिटरका १ सय २१ कार्टुन, पेप्सि एक लिटरको ३३ कार्टुन, मेरिन्डा एकलिटरको २६ कार्टुन, मेरिन्डा आधालिटरको ५ कार्टुन, सोडा आधा लिटर, सेभेनअप ११ कार्टुन बरामत गरिएको नष्ट समेत गरिएको श्रेष्ठले बताए ।

बरामत गरिएका पेय प्रदार्थ प्युठान नगरपालिकाको ट्रकमा राखी नगरपालिकाको ड्याप्पिङ साइडमा नष्ट गरिने प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीले बताए ।

अनुगमनका क्रममा बजारमा अधिकाँस किराना तथा मदिरा पसलमा म्याद गुज्रिएका पेय पदार्थ तथा सामाग्रीहरु भेटिएको प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीले बताए । बजार अनुगमनका क्रममा खाद्य बस्तुको म्याद, होटल र पसल दर्ता तथा नविकरण, होटलको सरसफाई गुणस्तर लगायतका विषयमा अनुगमन गरिएको उनले जानकारी दिए। कमजोरी भेटिएका होटल तथा पसलहरुमा सचेत गराउदै अखाद्य एवम् म्याद गुज्रिएका वस्तु भेटेमा जफत गरेर नष्ट गर्ने काम गरिएको उनको भनाइ छ ।

बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत सरोज भण्डारी र ईलाका प्रहरी कार्यालय बिजुवारका प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारी लगायत जनप्रतिनिधि पत्रकारहरुको सहभागिता रहेको छ ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया