पाँचथर । फिदिम नगरपालिकाका विपन्न आठ घर परिवारलाई राष्ट्रिय युवा संघ नेपाल पाँचथरले दशैँको लागि चामल वितरण गरेको छ । मंगलबार युवा संघ नेपाल केन्द्रीय सदस्य कमल थपलियाको संयोजनमा उक्त परिवारलाई चामल वितरण गरिएको हो ।
फिदिम नगरपालिका वडा नम्बर १ का एक जना, ४ नम्बर वडाका ३ जना, वडा नम्बर १० का ३ जना, वडा नं ११ का १ नजा गरी ८ विपन्न घर परिवारलाई प्रति परिवार एक बोहोरा चामल वितरण गरिएको केन्द्रीय सदस्य थपलियाले जानकारी दिए ।
प्रतिक्रिया