दाहाल र शाहीको ‘म घर आउँदैछु’

काठमाडौं । गायक खुमन अधिकारी र गायिका दिपा तामाङको स्वरमा रहेको ‘म घर आउदैछु’ बोलको गीत सार्वजनिक गरिएको छ । गायिका दिपाको रचना तथा हेमराज डाँगीको लय रहेको गीत मेलमिलाप युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । हेमराज डाँगीले मिक्सिङ गरेको गीत मालिका स्टुडियोमा रेकर्ड गरिएको हो ।

गीतमा एउटा परदेशी आफ्नै देश, आफ्नै गाऊ घर फर्की घरपरिवार र आफन्तसँग बसेर रमाइलो गर्दै दशैं तिहार मनाउने विषयमा आधारित रही ‘म घर आउँदैछु’ आएको छ । गीतको भिडियोमा मोडल सुरेन्द्रकुमार दाहाललाई संचिता शाही ठकुरीले साथ दिएकी छन् ।

दाहाल विगत डेढ दशकदेखि नेपाली गीति भिडियोमा निरन्तर अभिनयमार्फत योगदान पुर्याउँदै आएका छन् । भिडियो सुन्दर पर्यटकीय स्थल फर्पिङमा खिचिएको हो । प्रबिन थापाले निर्देशन गरेको गीतको भिडियो छायांकन वीरेन्द्र भट्ट र सम्पादन अमृत चापागाईको रहेको छ ।

प्रतिक्रिया