बारा । बाराकाे जीतपुरसिमरा उपमहानगरपालिकाका पूर्वमेयर डा. कृष्ण पौडेलको निधन भएको छ । डा. पौडेल आफ्नै घरमा मृत फेला परेका हुन् । उनकाे हृदयाघातका कारण निधन भएकाे अनुमान गरिए पनि घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।
उनी २०७४ सालमा नेकपा एमालेको तर्फबाट जीतपुरसिमरा उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।
लामो समयदेखि सहकारी क्षेत्रमा समेत सक्रिय उनी स्थानीय हातेमालो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष थिए । उनले सहकारीमा सामाजिक उत्तरदायित्व विषयमा विद्यावारिधि गरेका थिए ।
पूर्व नगरप्रमुख पौडेलको निधनमा जीतपुरसिमरा उपमहानगरपालिकाले आज शोक बिदा दिएकाे नगरप्रमुख राजन पौडेलले जानकारी दिए ।
प्रतिक्रिया