एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षका लागि चार जनाको उम्मेदवारी

धनगढी । नेकपा (एमाले) को सुदूरपश्चिम प्रदेश अध्यक्षका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन समितिका अनुसार अध्यक्षका लागि कमल तिमिल्सिना, कृष्णप्रसाद जैसी, भरतबहादुर साउद र बचनबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका हुन् ।

आइतबारदेखि धनगढीमा जारी प्रथम प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि सहमति नजुट्दा मंगलबार निर्वाचन प्रकृया अघि बढेको हो । उम्मेदवारी फिर्ता गर्न निर्वाचन समितिले साढे १२ बजेदेखि २ बजेसम्मको समय तोकेको छ ।

त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र आज साँझ ५ बजेदेखि मतदान सुरू गर्ने जनाइएको छ । अधिवेशनमा सुदूरपीश्चमका ९ जिल्लाका ६७५ जना प्रतिनिधि सहभागी छन् भने अधिवेशनले अध्यक्षसहित १ सय ५५ सदस्यीय नयाँ समिति चयन गर्नेछ ।

प्रतिक्रिया