शिक्षकको सरुवापछि विद्यार्थीकाे प्रदर्शन, प्रहरीको लाठीचार्जबाट केही विद्यार्थी घाइते

पर्सा । पर्साको बिन्दबासिनी गाउँपालिका कार्यालयले पालिकाभित्रका केही सामुदायिक विद्यालयका शिक्षकको आन्तरिक सरुवा गरेपछि विद्यार्थीले प्रदर्शन गरेका छन् । पालिकाले शिक्षकको जानकारीविना नै सरुवा गरेपछि उक्त सरुवा रोक्न माग राख्दै विद्यार्थीले प्रदर्शन गरेका हुन् ।

पालिकाको बहुअर्वामा रहेको राधाकृष्ण माध्यमिक विद्यालयका विद्यार्थीले शिक्षकको सरुवा रोक्न माग राख्दै गाउँपालिका कार्यालय घेराउ गरेका थिए ।
प्रदर्शनको क्रममा भएको झडपमा प्रहरीको लाठीचार्जबाट केही विद्यार्थी घाइते भएका इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक मोहन विक्रम केसीले जानकारी दिए ।

केही घन्टादेखि विद्यार्थीले प्रदर्शन गरिरहेकाले उनीहरूलाई हटाएर वार्तामा बसाउने काम भइरहेको उनले बताए ।

प्रतिक्रिया