नेपालगञ्जकाे कर्फ्यु खुकुलाे

बाँके । बाँकेकाे नेपालगञ्जमा दुई समुदायबीच उत्पन्न तनावपछि स्थानीय प्रशासनले लगाएकाे कर्फ्यु र निषेधाज्ञा थप खुकुलाे पारिएकाे छ । नेपालगञ्जमा आज बिहान १० बजेदेखि राति १० बजेसम्म निषेधाज्ञा र त्यसपछि बिहान ४ बजेसम्म कर्फ्यु आदेश जारी गरिएकाे छ ।

यसअघि केही दिनसम्म राति ८ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु र त्यसपछि दिनभर निषेधाज्ञा जारी हुँदै आएकाेमा केही खुकुलाे पारिएकाे हाे ।

निषेधाज्ञाका बेला कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर/पर्चा जस्ता प्रचार सामग्री टाँस्न नपाइने तथा हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जनाभन्दा बढी मानिस जम्मा हुन नपाइने प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले बताए ।

प्रतिक्रिया