बझाङमा भुकम्पमा परी मृत्यु भएकी गुनमतीका परिवारलाई तत्काल दुईलाख दिने घोषणा

बझाङ । भुकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्न बझाङ जिल्ला पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भुकम्पमा परी मृत्यु भएकी जयपृथ्वी नगरपालिका ११ की गुनमती धामीकाे परिवारलाई तत्काल दुईलाख दिने घोषणा गरेका छन् । भुकम्पवाट प्रभावितहरुलाई भेट्न बझाङ पुगेका प्रधानमन्त्री प्रचण्डले भुकम्प पीडितलाई सरकारले उचित व्यवस्थापन गरिदिने आश्वासन दिएका हुन् ।

उनले भूकम्पपीडितहरुलाई तत्काल अस्थायी आवास निर्माण गर्न प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् । प्रधानमन्त्री प्रचण्डले सरकारका तर्फबाट पीडितहरुको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि १४ बुँदे घोषणा गरेका छन् । त्यसक्रममा प्रधानमन्त्री दाहालले घर पूर्णरुपमा क्षति भएका परिवारलाई अस्थायी आवासका लागि तत्काल प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरे ।

भूकम्पमा परी २० जना घाइते र एक जनाको मृत्यु भएको छ । घाइतेहरूमध्ये १३ जना उपचार गरेर घर फर्किसकेका छन् भने ५ जनालाई अन्यत्र रिफर गरिएको छ । जिल्ला अस्पतालमा दुईजना उपचाररत छन् । जिल्लामै उपचाररत घाइतेको अवस्था सामान्य छ । प्रधानमन्त्री दाहालले भूकम्पनमा परी घाइतेहरुको नि:शुल्क उपचारको प्रबन्ध गर्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया