बझाङ । मंगलबार बझाङ केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण पहिरो जाँदा एक महिला बेपत्ता भएकी छन् । प्रहरीका अनुसार जयपृथ्वी नगरपालिका–११ ओखलीकी ४० वर्षीया गुनमति धामी बेपत्ता भएकी हुन् ।
उनी मंगलबार दिउँसो टिमुर टिप्न जंगल गएकी थिइन्। घर नफर्किएपछि उनको खोजी भइरहेको छ । उनी गएको ठाउँमा पहिरो गएको छ। उनी पहिरोमा परेर बेपत्ता भएको हुनसक्ने अनुमान भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी भरत शाहले बताए ।
उनको खोजीका लागि प्रहरी परिचालन गरिएको छ । मंगलबार दिउँसो २ बजेर ४० मिनेट जाँदा बझाङको तलकोट केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यस्तै दिउँसो ३ बजेर ६ मिनेटमा बझाङकै चैनपुर केन्द्रविन्दु आसपास बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । भुइँचालोका कारण हालसम्म १३ जना घाइते भएको तथ्यांक छ ।
*सच्याइएकाे ; यसअघि एक महिला बेपत्ता हुनुपर्नेमा असावधानीवश अन्यथा हुन पुगेकाेमा क्षमायाचनासहित सच्याएका छाैं ।
प्रतिक्रिया