पर्सा । पर्साको धोबिनी गाउँपालिका– ४ लंगडी गाउँ निवासी जिल्ला विकास समिति पर्साका पूर्वईलाका सदस्य स्वर्गीय रामचन्द्रप्रसाद कुर्मीको १३औँ पुण्य तिथिमा आज श्रद्धाञ्जली सभा गरिएको छ । श्रद्धाञ्जली सभा उनको आफ्नै निवासमा भएको हो ।
उक्त श्रद्धाञ्जली सभामा स्वर्गीय कुर्मीले आफ्नो जीवन राजनीतिकमा बिताएर जनता र देशको बारेमा गरेको योगदानको चर्चा कार्यक्रममा सहभागी भएका नेता, शिक्षक, पत्रकार, डाक्टरलगायत समाजसेवीहरुले गरेका थिए । श्रद्धाञ्जली सभामा सहभागीहरुले आफूहरुले एउटा नेता मात्र नभइ एक योद्धासमेत गुमाएको भन्दै उनको निधनबाट दुःखी र मर्माहित भएको बताए ।
उनको योगदानको बारेमा जति चर्चा गरे पनि थोरै हुने कार्यक्रममा सहभागीहरुले बताएका थिए । स्वर्गीय कुर्मीका छोरा एवं शिक्षक अजय पटेलको अध्यक्षतामा भएको श्रद्धाञ्जली सभामा सहभागीहरुले स्वर्गीय कुर्मीको फोटोमा अबिर र फूलमाला चढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।
श्रद्धाञ्जलीसभा कार्यक्रममा लोसपाका पूर्वमन्त्री लछुमन लाल कर्ण, धोबिनी गाउँपालिकाका अध्यक्ष मदनप्रसाद चौहान, पोखरिया नगरपालिकाका प्रमुख प्रधुमन चौहान, जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँ, नेपाली कांग्रेस क्षेत्र नं ४ का महाधिवेशन प्रतिनिधि बशिष्टनारायण कुर्मी, बारा जिल्ला वन अधिकृत कपिलदेव पटेल, विश्ववनाथ साह तेली, जानकिटोलाका पूवगाबिस अध्यक्ष झकड मियाँ, भिखमपुर पूर्वगाबिस अध्यक्ष अमिकाप्रसाद कुर्मी, शिवबर्वाको पूर्वगाबिस अध्यक्ष रामबचन महतो, लंगडीका वडाध्यक्ष अबास मियाँ, राजकिसोर पटेल, देबेन्द्र कुर्मी दिभाकर पटेल, नेपाली कांग्रेसका नेता श्यामकिसोर पटेल, नेता बिपिन यादव, धर्मेन्द्र पटेल, पत्रकार आरके पटेल, मधु शर्मा, धर्मेन्द्र चौरसिया लगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए ।
स्वर्गीय कुर्मी गाउँ पञ्चायतको समयमा उपाध्यक्ष र प्रजातान्त्रकालमा जिल्ला विकास समिति पर्साको ईलाका सदस्यमा निर्वचित भएका थिए । उनका दुई छोरा र तीन छोरी रहेका छन् । जेठो छोरा शिक्षक अजय पटेल र सानो छोरा बैंकका कर्मचारी राजकुमार पटेल रहेका छन् ।
पर्सा
प्रतिक्रिया