पर्यटनसँग कला

मोरङ । ऐतिहासिक स्थललाई चिनाउँदै पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ सखी फाइन आर्ट ग्यालरीको आयोजनामा कला कार्यशाला गरिएको छ । सातौं शृंखलाअन्तर्गत बेलबारीस्थित लक्ष्मीमार्गमा गरिएको एक दिने कार्यशालामा दुई दर्जन कलाकार सहभागी थिए । ऐतिहासिक थलोको प्रवद्र्धन गर्ने अभियानका रुपमा हरेक शनिबार कार्यक्रम गर्दै आइरहेको ग्यालरीले जनाएको छ । कार्यशालामा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले कलालाई पर्यटनसँग जोडेर सामाजिकरण गर्न गरिएको कार्यक्रम निकै प्रभावकारी हुने बताए । उनले कलालाई समाजसँग जोडेर जनतामा कलाप्रतिको विश्वास जगाउन यस्ता अभियानको महत्व रहने बताउँदै भने, ‘कलामार्फत समाजलाई चिनाउने र कलालाई जनमानससम्म लैजाने यो अभियान प्रभावकारी हुने आशा राख्न सकिन्छ ।’


सो कार्यक्रममा प्रतिष्ठानका चित्रकला विभाग प्रमुख एवं कोशी प्रदेश समन्वय समितिका संयोजक संजय वान्तवाले कलामा जागरण ल्याउन यस्ता अभियानको प्रभाव र महत्व विशेष रहने जनाए । उनले नेपालमा कलाकारले यस्ता अभियानमार्फत कला सिर्जना गरेको ऐतिहासिक पृष्ठका बारेमा जानकारी दिँदै समाजमा कलालाई स्थापित गर्दै रुपान्तरणको अभियानमा समेत जोड्नु पर्नेमा जोड दिए । उनले भने, ‘पूर्वमा नेपाली कलाको पुनर्जागरणको अभियान छेड्नु पर्ने छ । यसमा यो अभियानले सहयोग पु¥याउने आशा राख्न सकिन्छ ।’


सो कार्यक्रममा सखी फाइन आर्ट ग्यालरीका संस्थापक गणेश लामाले मोरङ जिल्लाभरी रहेका ऐतिहासिक स्थलमा कार्यशाला गर्ने उद्देश्य अनुरुप कार्यक्रम गरिएको जनाए । उनले यसअघि पनि विभिन्न स्थानमा कार्यशाला गरिएको जनाउँदै हरेक शनिबार कार्यक्रम गर्दै आएको बताए । उनले भने, ‘यो कार्यशाला निरन्तर गरिरहेका छौं । शनिबार गरिने यस कार्यक्रममा यस क्षेत्रका कलाकार सहभागी रहँदै आएका छन् । यसको उद्देश्य ऐतिहासिक स्थलको प्रवद्र्धन होस् र नयाँ पुस्तालाई पनि जोडन सकियोस् भन्ने विश्वासका साथ कार्यशाला गर्दै आइरहेका छौं ।’ लामाले यो अभियान निकै प्रभावकारी र जनमानसमा प्रभाव पारिरहेको जिकिर गरे । उनले कार्यशालामा तयार पारिएका कलाकृतिको प्रदर्शनीसमेत गरिने जानकारी दिए ।

श्री पञ्चायत माविका शिक्षक सञ्जु थापा मगरले विद्यार्थीलाई कलाकारसँग कार्यक्रममा सहभागी गराइ गरिने यस्ता अभियानले राम्रो प्रभाव पार्ने विचार व्यक्त गरे । उनले यो अभियानलाई निरन्तर रुपमा अगाडि बढाउनु पर्नेमा जोड दिए । उनले नेपाली कलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चिनाउन यो कार्यशाला सफल हुने आफूले विश्वास लिएको विचार व्यक्त गरे ।
स्थानीय कलाकार शिव छाङ्छा राईले पुरानादेखि नयाँ पुस्ताका कलाकार एकै स्थलमा जोडिएर काम गर्दा नयाँ कुरा सिक्न सकिने बताए । उनले कलालाई समाजसँग जोड्दै लैजानका लागि यो कार्यक्रम फलदायी भएको सुनाए । कलाकार मेघराज राईले समाजसँग कलाको महत्वलाई लैजान कार्यशालाले मद्दत गरेको अनुभव सुनाए । सो कार्यक्रममा सामाजिक अभियन्ता धनजीत पराजुलीले कलालाई ऐतिहासिक स्थलको प्रवद्र्धन गर्दै पर्यटनसँग जोडेर गरिएको यो कार्यक्रम निकै प्रभावकारी हुने विश्वास व्यक्त गरे । यस्तै, पूर्वशिक्षक हरिनारायण चौधरी लगायतका व्यक्तित्व कलामार्फत समाजको यथार्थ चित्र बाहिर ल्याउन गरिएको कार्यशाला निकै प्रभावकारी हुने विचार व्यक्त गरे ।

सो कार्यशालामा गशेण लामा, मेघराज राई, शिव छाङ्छा राई, सञ्जु थापा मगर, करुणा गुरुङ, खेमिसा लिम्बू, विवेक पाल, अर्विन कार्की, सगुन पोखरेल, आशिश लिम्बू, नेना राई, भावना गुरुङ, सेमीहाङमा लिम्बू, सगुरा लिम्बू, जेसिस राई मनसुन श्रेष्ठ, रोमन कोइराला, सौरब तामाङ लगायत सहधागी थिए ।

प्रतिक्रिया