काठमाडौं । चीनको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन् । शनिबार दिउँसो उनी छेन्दुबाट नेपाल प्रस्थान गरेका हुन्। उनलाई छेन्दुमा सिचुवान प्रान्तका सहायक गभर्नर याङ जिङपिङ, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्ग तथा चिनियाँ उच्चपदस्थ अधिकारीहरुले बिदाई गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्ड भदौ ३० गते अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका प्रस्थान गरेका थिए । संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई सम्बोधन गरेर असोज ६ गते उनी न्युयोर्कबाट चीनको हाउचाउ पुगेका थिए ।
पहिलो दिन १९औं एशियाली खेलकूदको उद्घाटन समारोहमा सहभागी भएका थिए सोही दिन चिनियाँ राष्ट्रपति सी चीनफिङसँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।
चीनमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सी, चिनियाँ समकक्षी लि छियाङ, चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका सेक्रेटरी वाङ जियाओहुईलगायतसँग भेटवार्ता गरेका थिए ।
प्रतिक्रिया