सुन चोरीको आरोपमा फाल्गुनन्द ४ का एक युवक पक्राउ

पाँचथर । जिल्ला को फाल्गुनन्द गाउँपालिका ४ का २७ वर्षिय दिपक नेम्वाङ सुन चारी तथा सवारीसाधनमा आगजनी गरेको अभियोगमा पक्राउ परेका छन् । नेम्वाङले आफ्नै छिमेकी ईन्द्राणी नेम्बाङको घरमा असोज ७ गते झ्याल खोली भित्र पसेर एउटा सुनको चुरा, दुईवटा औंठी र कानमा लगाउने मडुवारीको एउटा सिक्री चोरी गरि फरार भएका थिए ।

फरार नेम्बाङ प्रहरीले खोजी गर्दा ९ गते विहान पाँचथरको तुम्बेवा गाउँपालिका ४ दिदीको घरमा बसिरहेको अवस्थामा फेला परेका हुन् । उनलाई स्थानीय र प्रहरी चौकी चिलिङदिन राँकेबाट खटिएको प्रहरीले सोधपुछ गर्दा चोरी गरेको भनि निजले स्वीकार गरेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानाएको छ ।

सोधपुछ को क्रममा सुन चोरी गर्ने नेम्बाङको अभिलेख हेर्दा २०७८ साउन २९ गते राती फाल्गुनन्द गाउँपालिका ५ घुर्बिसे पञ्चमी बस्ने देउमान आङदेम्बेको प्रदेश नं १–००३–१ प १७९ नम्बरको यामाहा कम्पनीको मोटरसाईकल पार्किङ गरी राखेको ठाउँमा आगो लगाई पूर्णरूपमा क्षतीपुर्याएको देृखिएको प्रहरीले जनाएको छ । नेम्वाङलाई जिल्ला प्रहरी कार्यालय पाँचथरमा ल्याई थप अनुसन्धान भइरहेको र बुधबार जिल्ला अदालत पाँचथरबाट चोरी मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया