नेपाल शिक्षक संघ रौतहटले गर्याे सडक आन्दोलन र ७ बुँदे सम्झौताबारे अन्तरक्रिया

रौतहट । नेपाल शिक्षक संघ रौतहटको विस्तारित बैठक सम्पन्न भएको छ । जिल्लाको मध्य भाग गरुडामा रहेको श्री नमूना मावि गरुडामा बुधवार सम्पन्न भएको हो । जिल्ला अध्यक्ष रामकृपाल यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीको रुपमा नेपाल शिक्षक संघ मधेश प्रदेशका निवर्तमान उपाध्यक्ष राममंगल यादव रहेका थिए । बैठकमा नेपाल शिक्षक माहासंघद्वारा असोज ०३ गते देखि भएको काठमाडौं केन्द्रित सडक आन्दोलन, सरकारसँग भएको ७ बुँदे सम्झौताको समीक्षा तथा बाँकी उपलब्धीको लागि भइरहेको आन्दोलनको बारेमा अन्तरक्रिया भएको थियो । बैठकमा सहभागी शिक्षकहरु बाट पनि सुझाव संकलन गरिएको संघले जनाएको हो ।

बैठकले विभिन्न निर्णयहरु पारित पनि गरिएको संघका रौतहट अध्यक्ष रामकृपाल यादवले जानकारी गराए । बैठकमा काठमाडौंमा चलिरहेको शिक्षक आन्दोलन प्रति ऐकयबद्धता जनाउँदै समर्थन गर्ने तथा माहासंघमा आवद्ध पेशागत संस्थाहरुलाइ सहयोग गर्न अनुरोध गर्ने, प्रहरी दमनको भर्सना गर्ने तथा घाइते शिक्षकको स्वास्थ्य लाभको कामना तथा प्रहरी दमनको विरोधमा असाेज ११ गते बिहिबारको दिन रौतहट जिल्लाको सम्पुर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

त्यस्तै रौतहट जिल्लामा कार्यरत अस्थायी प्रकृतिको (राहत, उमाशी, प्राविधिक, वालविकाश, अनुदान आदि) शिक्षक, विद्यालय कर्मचारी तथा पेन्सन बन्चित शिक्षकहरुलाइ काठमाडौं केन्द्रित आन्दोलनमा असोज ११ गतेदेखि बढी भन्दा बढि सहभागी गराउन सहजीकरण गर्ने, असोज १२ गते देखि शुक्रबारसम्म आन्दोलित शिक्षकहरुको समस्या समाधान नभए रौतहट माहासंघ पेशागत संस्थासँग सहकार्य गरि कडा भन्द कडा आन्दोलन गर्ने निर्णय गरिएकाे छ ।

त्यसैगरी नेपाल शिक्षक माहासंघको अह्वानमा रौतहटका १८ वटा पालिकाबाट उल्लेखनीय सहभागी भएकोमा सम्पूर्णमा धन्यवाद तथा अभार व्यक्त गरिएकाे थियाे । नेपाल शिक्षक माहसंघको नेतृत्वको आन्दोलनबाट भएको ऐतिहासिक उपलब्धि संस्थागत गर्न पहल गर्ने तथा बाँकी उपलब्धिको लागि र पीडित शिक्षकको आन्दोलनमा सक्रिय भुमिका निर्वाह गर्ने निर्णय गरिएको छ । सो अवसरमा नेपाल शिक्षक संघ रौतहटमा आबद्ध शिक्षकहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया