बिओपी भिस्वामा कार्यरत प्रहरी निरिक्षक थापाको बिदाइ र छवि दर्लामीलाई स्वागत

पर्सा । पर्साको छिपहरमाई गाउँपालिकमा रहेको सशस्त्र प्रहरी बल बिओपी भिस्वा बंजारीमा कार्यरत सशस्त्र प्रहरी निरिक्षक विसनु हरि थापाको बिदाइ गरिएको छ । एक समारोह आयोजना गरेर उनलाई दोसल्ला, माला र टिका लगाएर बिदाइ गरिएको हो ।

प्रहरी निरिक्षक थापाले १० महिनासम्मको बसाइमा अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम र खुल्ला सिमानाकाबाट हुने चोरी तस्करी नियन्त्रण कार्यमा उत्कृष्ट काम गरेको भन्दै उनलाई विशेष सम्मानसहित बिदाइ गरिएको हो ।

सो क्रममा सशस्त्र प्रहरी निरिक्षक थापाले खुल्ला सिमानाकामा अपराधी गतिविधि र चोरी तस्करी नियन्त्रणमा स्थानीयहरुको सहयोग समन्वयको कारण सफल भएको बताए ।

उनले भने, ‘प्रहरी संगठनमा सरुवा त एउटा प्रक्रिया हो, आउने जाने काम भइरहन्छ, तर तपाईंहरुले दिनुभएको सहयोगले नै यहाँको शान्ति सुरक्षामा महत्वपूर्ण काम गर्न सफल भएका हौँ ।’

त्यस्तै नयाँ बिओपी प्रमुख सशस्त्र प्रहरी निरिक्षक छवि दर्लामीलाई स्वागत गरिएको छ । बिदाइ तथा स्वागत कार्यक्रममा स्थानीय वडाध्यक्ष, पत्रकारलगायत धेरै जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया