‘मोडल हन्ट नेपाल २०२३’ को लागि आवेदन खुला

काठमाडौं । ‘मोडल हन्ट नेपाल २०२३’को खोजी सुरु भएको छ । प्रतियोगिताको आयोजक नेक्स्ट मोडल्स नेपालले आइतबार विज्ञप्ति जारी गर्दै नयाँ संस्करणका लागि आवेदन खुला भएको जनाएको छ ।

युवाको हकमा ५ फिट ६ इन्च र युवतीको हकमा कम्तीमा ५ फिट २ इन्च उचाई हुनुपर्नेछ । प्रतियोगिताको आवेदन फर्म खल्ती एपबाट पनि भर्न सकिनेछ ।

फाइनल स्पर्धाका लागि छानिएका प्रतियोगीलाई व्यक्तित्व विकास, शारीरिक बनावट, र्‍याम्प वाक, फोटोसुट, एक्सप्रेसनलगायत ग्रुमिङ कक्षामा सहभागी गराइनेछ ।

प्रतिक्रिया