एमाले कोशी प्रदेश अधिवेशन : पाँचथरमा प्रतिनिधि छनौट सकियो (सूचीसहित)

पाँचथर । नेकपा एमालेकाे प्रथम कोशी प्रदेश अधिवेशनकाे लागि पाँचथरबाट प्रतिनिधि छनौट कार्य सम्पन्न भएकाे छ । कोशी प्रदेश अधिवेशन असोज १२ र १३ गते विराटनगरमा हुदैछ । जिल्लाको एक नगरपालिका सहित ८ गाउँपालिकाबाट सदस्यता नविकरणका आधारमा प्रतिनिधि छनौट गरिएको एमाले कार्यालय सचिव तथा प्रचार बिभाग प्रमुख तुलसी थापाले जानकारी दिए ।

अधिवेशन प्रतिनिधि छनौट शनिबार सकिएको हाे । छनौट भएका २९ जनाले कोशी प्रदेशको राजधानी बिराटनगरमा भाग लिनेछन् । प्रदेश प्रतिनिधि बन्ने आकांक्षी धेरै भएपछि छनौटमा नपरेका केहि युवा कार्यकर्ताहरुले छनौ कर्ता प्रति अधिकांश पुराना, आफुलाई मनपर्ने हरुलाइ छनौट गरिएको कटाक्ष गर्दै असन्तुष्ट पोखेका छन् ।

असन्तुष्ट रहेका कार्यकर्ताकाे माग प्रदेश बैठकले मापदण्ड बनाइ सम्बोधन गर्ने जिल्ला सचिव विष्णुप्रसाद सापकोटाले जानकारी दिए ।

छनौट भएका प्रतिनिधिहरु

प्रतिक्रिया