काठमाडौं । गायक प्रताप दास र गायिका मिलन नेवारको आवाज रहेको ‘सक्दिनँ तिमी बाहेक’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा द्रिप चाम्लिङको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको छ । राजेश पुमा राई निर्देशन गरेको गीतको भिडियोमा निराजन प्रधान र करिश्मा श्रेष्ठको अभिनय छ । मुस्ताङको रमणीय स्थलमा छायांकन गरिएको भिडियोमा निराजन र करिश्मालाई रोमान्टिक भावमा प्रस्तुत गरिएको छ ।
निराजन यतिबेला अस्ट्रेलियामा छन् । उनका अनुसार नेपाल आएको समयमा उनले यो भिडियोमा अभिनय गरेका हुन् । भिडियोमा राज दोङ आरडीको सहायक निर्देशन, असिम रानाभाटको स्टाइल, अस्मिता राईको मेकअप, प्रेम रसाइलीको कोरियोग्राफी, विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन र दीपेन्द्र गौतमको प्रोडक्सन छ । भिडियो द्रिप चाम्लिङ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
प्रतिक्रिया