काभ्रे । मन्त्रीपरिषदका पुर्व अध्यक्ष खिलराज रेग्मीले शान्ति लडेर जितेर हैन प्रेम, सद्भाव र समझदारीबाट मात्र प्राप्त हुने बताएका छन् । मानिसको चाहना सुख र शान्ति भएको भन्दै उनले पहिलो र दोश्रो विश्व युद्धले समेत विनास र ध्वम्स बाहेक केहि नदिएको बताए ।
विश्व शान्ति दिवसको अवसरमा आज पनौतीमा आयोजित पनौती देखि नमोवुद्ध सम्मको विश्व सास्कृतिक शान्ति पदयात्राको उद्घाटन गर्दै मन्त्रीपरिषदका पुर्व अध्यक्ष रेग्मीले लडेर र जितेर शान्ति नआउने भएकोले राष्ट्रसघको जन्म भएको र अहिले शान्ति दिवस मनाइरहेको बताए ।
ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक महत्व बोकेको पनौती–नमोवुद्ध पदयात्राले शान्ति र सस्कृति प्रेमी नेपालीको व्यवहारिक पहिचान दिन सफल हुने उनको भनाई थियो । जिल्ला समन्वय समिति काभ्रे र काभ्रे सेवा समाजको सयुक्त आयोजनामा भएको पदयात्रामा उत्साहजनक सहभागिता रहेको काभ्रे सेवा समाजका अध्यक्ष प्रल्हाद केसीले जानकारी दिए ।
प्रतिक्रिया