कतारमा ५७ संघ–संस्थाको आयोजनामा नेपाली महिलाले मनाए तीज

दोहा । कतारमा कार्यरत नेपालीहरूले तीज मनाएका छन् । नेपाली महिला समाज कतार र गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाली चेलीबेटीको लागि तीज कार्यक्रम आयोजना गरेको हो । नेपाली महिला समाज कतार र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको महिला बिभागको समन्वयमा कतारमा स्थापित बिभिन्न ५७ संघ–संस्थाको संयुक्त आयोजनामा नेपाली नारीहरुको महान पर्व ‘हरितालीका तिज’को अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा सचेतनामुलक कार्यक्रम सभ्य, भब्य, रूपमा सम्पन्न भएको नेपाली महिला समाज कतारकी अध्यक्ष सरिता भण्डारी पौडेलले जानकारी दिइन् । तीज विशेष कार्यक्रम अल थुमामास्थित एथ्लेन स्पोर्ट्स क्लबको इभेन्टस हलमा धूमधामले मनाइएको थियो । कार्यक्रममा विभिन्न कलाकारहरूले तिज गीतमा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा सबै मिलेर ती मनाउन पाउँदा आनन्दको अनुभूति महसुस भएको उपस्थिति दिदीबहिनीहरुले बताएका थिए ।

कार्यक्रममा दर खुवाउनुका साथै शुभकामना आदान–प्रदान गरिएको थियो । तिज जस्तो पर्वले सबैलाई जोड्ने र चेलीबेटीहरूको भावनालाई समेट्ने हुँदा यो आफैँमा विशिष्ट रहेको महिला समाज कतारकी अध्यक्ष भण्डारी पौडेलले बताइन् ।

आगामी दिनमा पनि साथ, सपोर्टको अपेक्षा राख्दै हामी बीचको भाइचारा र एकता सदैव रहने विश्वास व्यक्त पनि व्यक्त गरिन् । अध्यक्ष भण्डारी पौडेलले कार्यक्रमको छिट्टै समिक्षा बैठक राखेर सबैका सल्लाह सुझाव सहित यसपटक भएका कमिकमजोरीलाई आगामी कार्यक्रमबाट सुधारेर लैजाउने प्रतिवद्धता गरेकी थिइन् ।


कार्यक्रममा प्रमुख अतिथिति नेपाली दूतावास कतारका कार्यबाहक राजदूत कृष्णप्रसाद सुवेदी, दूतावास परिवार, कतार स्थित विभिन्न सरकारी निकायका प्रतिनिधि, एनआरएन उपाध्यक्ष आरके शर्मा, सह–कोषाध्यक्ष होमनाथ शर्मा, मध्यपुर्व सह–संयोजक केवी हमाल, एनआरएनए कतारका अधक्ष्य रमेश भट्ट, नेपाली महिला समाज कतारका प्रमुख सल्लाहकार अमिन खान लगायत अन्यको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया