कुवेतमा बेचिएकी सन्ध्या नेपाल फर्किईन्

दोहा । दलालको प्रलोभनमा परी कुवेतमा बेचिएकी एक नेपाली महिलाको उद्धार गरी स्वदेश फर्काईएको छ । बिनोद कुंवर नेतृत्व गैरआवासीय नेपाली संघ(एनआरएनए) कुवेतका अध्यक्ष धिरेन सुवेदी लगायतको टिमको पहलमा कुवेतबाट पीडित सन्ध्या बिश्वकर्माको सकुशल उद्धार गरी नेपाल फर्काईएको हो ।

उनलाई एजेन्ट कमला क्षेत्रीले गत २४ अगस्त मा भिजिट भिषामा काठमाडौबाट हिमालय एअरमा दुबइ पठाइयो र पछि २७ अगस्तमा कुवेतको घरेलु कामदारकै भिषामा जजिरा एअरवेजबाट कुवेत पुगेकी थिइन ।
एजेन्ट कमला क्षेत्रीले राम्रो कमाई हुने प्रलोभन देखाएर त्यहाँ पुगेकी उनी अहिले उद्धारको लागि हारगुहार गर्दै मलाई यहाँ मारेर फालीदीन्छ चाँडो उद्धार गर्नुहोस भन्दै सामाजिक संजाल फेसबुक मार्फत एक भिडियो सन्देश जारी गरेकी थिईन । उनले उद्धारको सहयोग मागे लगत्तै अध्यक्ष सुवेदीले यो केसलाई फलो अप गरेका थिए ।

उनलाइ नेपालबाट ७५० केडी अर्थात् ३ लाख २२ हजार भन्दाबढी रुपैया कुवेतमा बेचिएको थियो । दुबइमा भिजिट भिषामा पुगेकी सन्ध्यासंग कुवेत पुग्न भने वर्किङ भिषा नै थियो र पुगे लगत्तै उनी घरेलु कामको करारमा बांधिएकी थिइन । तर उनले घरमा काम गर्न सकिनन र एनआरएनएको पहलमा बिशेषतः अध्यक्ष सुवेदीले एजेन्टसंग सम्वाद गरी उद्धारलाई सम्भव बनाए ।

‘उनी समस्यामा परेको जानकारी पाएपछि एजेन्टसंग कुरा गरियो, राम्रो संग पठाउने भए ठिक छ नत्र छापा मार्न अफिसमा टिम र पुलिस सहित आउछु’ भनेको थिए, अध्यक्ष सुवेदीले सौर्य दैनिकसँग भने; ‘उसले राम्रै संग पठाउन राजी भो यो केसमा हामीलाई शेष घले पक्ष वीनोद कुवर नेतृत्वको एनआरएनए मघ्यपुर्वबाट अग्रज सल्लाहकार धरम केसीले पनि फलोअपमा विषेश योगदान दिनुभयो ।’

‘उहांले हामीलाई केस रिफर गरेपछि हामी एजेन्टको सम्पर्कमा गयौ, भारतीय मुलको एजेन्ट रहेछन, राम्रै सग बातचित भयो । सन्ध्याको श्रीमानले टिकटको व्यावस्था गरेर पठाउनु भयो’, उनले थपे ‘अनि शुक्रबार साउदीबाट श्रीमान कुवेत ट्रान्जिट पारेर आउनु भयो र यताबाट सन्ध्या जजिरा एयरको एउटै उडानबाट नेपाल फर्किएको’ उनले जानकारी दिए ।

यसघि सौर्य दैनिकमा कुवेतबाट नेपाली चेलीको गुहार – ‘यहाँ मलाई मारेर फालिदिन्छन् उद्धार गर्नुहोस ’ भन्ने बिषयमा समाचार प्रकाशित भएको थियो । आफूहरुसँग रजिस्टर धेरै केसहरु रहेकाले अब त्यस्ता केसमा केन्द्रित हुने उनले बताए । सन्ध्या एक प्रतिनिधि पात्र मात्रै हुन, कुवेतमा यो नियती ब्यहोर्ने सैयौं नेपाली महिलाहरू रहेका छन, जो भिजिट भिसा युएइ हुँदै कुवेत पुग्छन ।

नेपाल सरकारले घरेलु काममा कुवेत जान प्रतिबन्ध लगाएकाले नेपालबाटै श्रम स्वीकृति लिइ कुवेत जाना सक्दैनन र नेपालको कानुन बमोजिम पाउनुपर्ने न्याय र सुरक्षा पाउन सक्दैनन । नेपाल सरकारले जान पनि नदिने, रोक्न पनि नसक्ने मौजुदा लाचारीको शिकारमा सन्ध्या जस्ता कैयन नेपाली महिलाहरू परि नै रहेका छन । सरकारले खाडी मुलुकमा घरेलु कामदार पठाउन प्रतिबन्ध लगाएपछि अवैध बाटोबाट विदेश पठाउने क्रम बढ्दा मानव तस्करहरू मालामाल बनिरहेका छन् । यस्ता बिषयमा सरकारको खासै ध्यान गएको पाइदैन् ।

प्रतिक्रिया