तिजमा पनि बिकेन सुन !

आर्थिक मन्दीको मारमा सुन व्यवसाय :

काभ्रे । बजारमा तिजको रमझम बढ्पनि सुन व्यापार भने स्वाट्टै घटेको छ । गत वर्षको तुलनामा तिजलगायत चाँडपर्वमासमेत व्यपार ९० प्रतिशत भन्दा कम भएको व्यवसायीहरुको भनाई छ । काभ्रे सुनचादी व्यवसायी सघका निवर्तमान अध्यक्ष दानकाजी शाक्यले जानकारी दिए अनुसार पछिल्लो समय काभ्रेमा सुन व्यवसाय धराशीसायी बन्दै गएको छ । दिनकै एक/डेढ किलो सुन सजिलै विक्रि हुने काभ्रेको वजारमा अहिले महिनामा एक/डेढ किलो मात्र विक्रि भैरहेको छ ।

पछिल्लो सुन व्यपार घट्नुको मुख्य कारणमा सुन महङ्गो हुनु, सहकारी संस्थाहरुमा चरम समस्या देखिनु, देशको अर्थतत्र डामाडोल हुनु औल्याइएको छ ।

काभ्रेमा सुनचादी व्यवसायी संघमा आवद्व ९० वटा पसल छन । तिजको बेला निकै भिडभाड हुने यी पसलहरुमा अघिल्लो वर्षको तुलनामा अहिले व्यपार निकै खस्केको संघका निवर्तमान अध्यक्ष शाक्य बताउछन् । काभ्रेमा सुनचादी व्यवसायी संघमा आवद्ध भनीएका पसलहरु पनि करिब ४० वटा रहेको बताइन्छ ।

सुनचादी व्यवसायको सवालमा खरिदको सम्बन्धमा व्यवसायीहरुको गुनासो पनि रहेको छ । सुन खरिद गर्दा बैकले ज्यादै न्युन कमिशन दिने, चाहिएको बेला सुन नदिने जस्ता समस्या व्यवसायीहरुले भोग्नु परेको छ । सुनचादि व्यवसायी संघको सिफारिसमा बैकबाट एकपटकमा दुई किलो सम्म सुन खरिद गर्न पाउने भए पनि चाहिएको बेलामा बैकले सुन नै नदिने गुनासो व्यवसायीहरुको छ । त्यसमाथि एक किलो सुन खरिदमा ९५ लाख रुपैया भन्दा बढी लगानी गर्नुपर्ने भए पनि नाफा भने बढीमा ४० हजार सम्म मात्र हुने व्यवसायीहरुको गुनासो छ ।

एक किलो सुनमा ८५ तोला ७३ लाल हुन्छ । राष्ट्रबैकको नियम अनुसार बैकले सुन खरिदकर्तालाई शुन्य दशमलव पाँच प्रतिशत नाफा दिनु पर्नेमा त्यसो नगरिएको निवर्तमान अध्यक्ष शाक्य बताउछन् । बैकमा सुन स्टक भएको समाचार आए पनि बैकले नाफा नदिएको बारे कहिल्यै समाचार आउने नगरेको उनी बताउछन् । बैकले १५ दिन सम्म सुन स्टक भए जो कोहिलाई पनि विक्रि गर्न पाउने नियम भएको व्यवसायीको भनाई छ ।

प्रतिक्रिया