काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका एक जनाबाहेक सबैलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्ने आदेश दिएको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासले केशव तुलाधरबाहेक सबै आरोपितलाई धरौटीमा छाड्ने आदेश दिएको हाे । तुलाधरलाई भने सामान्य तारेखमा छाड्न आदेश दिएको हो । अदालतले भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङसँग २ करोड ४६ लाख धरौटी माग गरेको छ ।
ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न भएको अभियोगमा बहालवाला सचिव कृष्णबहादुर राउत, सहसचिव सुशील वैद्य, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसमेत चार पूर्वमन्त्री, ६ पूर्वसचिवसहित ३११ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा भदौ १० गते मुद्दा दायर भएको थियो । यसमध्ये २१ जना मृत्यु भइसकेका व्यक्ति थिए ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानपछि सरकारी वकिल कार्यालयले अभियोगपत्र अदालतमा पेश गरेको थियो ।
कोसँग कति धरौटी माग ?
मिनबहादुर गुरुङ- २ करोड ४६ लाख
कलाधर देउजा– १५ लाख
विनोद पौडेल– १५ लाख
रुद्र कुमार श्रेष्ठ– ७ लाख ५० हजार
लोकरि घिमिरे –७ लाख ५० हजार
बालकृष्ण श्रेष्ठ –७ लाख ५० हजार
घमन कुमार कार्की– ७ लाख ५० हजार
योगराज पौडेल– ७ लाख ५० हजार
नारायणराज मिश्र –७ लाख ५० हजार
अरुण कुमार श्रेष्ठ –७ लाख ५० हजार
गोपाल कार्की –७ लाख ५० हजार
शिवजी भट्ट–३ लाख ३० हजार
ध्रुव प्रसाद अर्याल –३ लाख ३० हजार
बाबुराजा महर्जन– १ लख १० हजार
देवनारायण महर्जन – १ लाख १० हजार
सकलानन्द महर्जन– १ लाख १० हजार
सञ्जय कुमार महर्जन– १ लाख १० हजार
केशव तुलाधर- साधारण तारेखमा रिहा
प्रतिक्रिया