पहिरोका कारण केआईसिंह राजमार्ग अवरुद्ध

धनगढी । शनिबार रातिको वर्षका कारण पहिरो खस्दा केआईसिंह राजमार्ग अवरुद्ध भएको छ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ को रडुवा खोलामा शनिबार राति सडकमाथिबाट खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए ।
उनका अनुसार पानी निरन्तर परिरहेको र पहिरो खस्ने क्रम जारी भएकाले अवरुद्ध सडक खुलाउन सकिएको छैन । पहिरोका काराण तराईबाट डोटी, बाजुरा र अछामका लागि छुटेका गाडीहरू डडेल्धुरामै रोकिएका प्रहरी निरीक्षक नायकले बताए ।

पानी रोकिना साथ सडक खुलाउने प्रयास गरिने उनले बताए । लामो समय सडक अवरुद्ध भएकोले यात्रुहरु अलपत्र परेका छन् ।

प्रतिक्रिया