सिराहा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिराहासँग परिचित मात्र मात्र नभइ, सुपरिचित भएकाे बताएका छ्न् । सिराहाको लहानमा स्व. प्रदिप गिरि प्रतिष्ठानद्वारा आयोजना गरेको प्रथम बार्षिक सभालाइ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्ताे बताएका हुन् ।
स्व.गिरिको शालिक अनावरण गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले यो देशको दोस्रो पटक प्रधानमन्त्री हुँदाको देन बिर्सन सकेकाे छैन् । मलाइ यहाँको हरेक समस्या बारे अवगत छ, त्यसैले सिराहा विकास र स्व.प्रदिप गिरि सम्झनामा अस्पताल निर्माण र बाटो निर्माण गर्न लहान नगरपालिकालाइ अग्रसर हुन सुझाव दिन चाहन्छु ।’ उक्त अस्पताल निर्माण गर्न लाग्ने खर्च सरकारले
व्यवस्थापन गर्ने बताए ।
कार्यक्रममा अर्थमन्त्री डा.प्रकाशशरण महत, परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याल, पूर्वमन्त्रीहरू मात्रिकाप्रसाद यादव, पद्मनारायण चौधरी, अजय शंकर नायके, सीतादेवी यादवलगायतले मन्तव्य राखेका थिए ।
लहान–१४ को खुट्टी खोलाको छेउमा गिरी २०४६ सालपछि बस्दै आएको ठाउँ जसलाई प्रदिप गिरीको आश्रम भनेर चिनिन्छ । समाजवादी चिन्तनका नेता गिरी नेपाली राजनीति वृत्तमा सरल नेताको रूपमा चिनिन्छन् । घाँटीको क्यान्सरबाट पीडित गिरीको २०७९ भदौ ४ गते मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।
प्रतिक्रिया