रौतहटमा रामजानकी मन्दिरका पुजारीमाथि सांघातिक आक्रमण

रौतहट । रौतहटमा मन्दिरको पुजारीमाथि सांघातिक आक्रमण भएको छ । पुजारीमाथि धारिलो हतियार प्रहार गरी आक्रमण भएको हो । जिल्लाको दुर्गा भगवती गाउँपालिका–३ देवीपर्सा टोल स्थित रामजानकी मन्दिरका पुजारी ( महंन्थ) माथि सांघातिक आक्रमण भएको छ ।

मन्दिरका पुजारी मिश्रीलाल साहमाथि दूधउमाली रहेकाे अवस्थामा अज्ञात समूहले बिहीबार बिहान ११ बजे धारिलो हतियार प्रहार बाट आक्रमण गरिएको प्रहरीले जनाएको छ । उनको टाउकोमा धारिलो हतियार प्रहार भएको छ ।

घाइते महंन्थको उपचार स्थानिय बागमती अस्पतालमा भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले बताएको हो । आक्रमण कसले र किन गरेको हो भन्ने बारेमा खुल्न नसकेको प्रहरीको भनाइ छ ।
पुजारीको बयानको आधारमा आक्रमण गर्ने व्यक्तिको खोज तलास भइरहेको र थप अनुसन्धान प्रकिया अगाडी बढ़ाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया