रुपान्तरण अभियान : घरघरमा पुग्दै माओवादी

धनगढी । नेकपा (माओवादी केन्द्र) को सुरु भएको तीन महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको सुदूरपश्चिममा पनि चहलपहल बढेको छ । शनिबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अभियानको भर्चुअलबाट देशैभरी एकै साथ उद्घाटन गरेका थिए ।

सुदूरपश्चिममा माओवादी नेताहरु गाउँगाउँमा पुगेर आफ्ना गतिविधि अगाडि बढाएका छन् । माओवादी केन्द्रका केन्द्र स्तरका नेताहरु अहिले गाउँगाउँमा केन्द्रीत भएका छन् । सुदूरपश्चिममा माओवादी केन्द्रका सचिव डिलाराम आचार्यको नेतृत्वमा अभियान सञ्चालन भएको छ ।

माओवादी आफू रुपान्तरण हुन अभियान सञ्चालन गरिएको आचार्यले बताए । ‘यो अभियान जनतालाई रुपान्तरण गर्न होइन, माओवादी आफू रुपान्तरण हुन हो’, उनले भने, ‘माओवादी नेता कार्यकर्ताहरुको चिन्तन र व्यवहारमा लागेको मैलो पखाल्न पनि अभियान सञ्चालन गरिएको हो ।’

उनले थपे, ‘जनयुद्ध र जनआन्दोलनका केही कार्यभार पूरा गर्न बाँकी छन्, माओवादी र जनताबीच सुमधुर सम्बन्ध हुन आवश्यक छ’ । अभियानका लागि सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा ७९ वटा अभियान टोलीे खटिएको माओवादी केन्द्रका प्रदेश सचिव जनक बुढाले जानकारी दिए ।

अभियानमा कैलालीमा १३, डडेल्धुरामा ५, दार्चुलामा १०, बैतडीमा ८, अछाममा १०, डोटीमा ६, कञ्चनपुरमा ९, बाजुरामा ५ र बझाङमा १० अभियान टोली खटिएको सचिव बुढाले बताए । स्ुदूरपश्चिममा अभियानको उद्घाटन कार्यक्रम उत्साह पूर्ण भएको उनले बताए ।

उनले भने, ‘शनिबार भएको अभियानको उद्घाटन पनि व्यापक जनसभागितामा सम्पन्न भएको छ, पार्टीका नेताहरु पनि गाउँगाउँमा पुग्नुभएको छ, सदस्यता नवीकरण गर्ने, पार्टीका सबै बैठक राख्ने काम सुरु भएको छ ।’ अभियानको पहिलो चरणमा शहिद परिवारसँग भेटघाट गर्ने लगायतका काम हुने उनले बताए । रुपान्तरण अभियानले कार्यकर्तामा उत्साह पनि थपिएको उनले बताए ।

माओवादी केन्द्रका केन्द्रीय स्तरका नेताहरु अभियान टोलीको नेतृत्व गर्दै घरघरमा पुग्न थालेका छन् । अभियानमा कैलालीमा माओवादी केन्द्रका केन्दीय सदस्य त्रिलोचन भट्ट, शान्ति नेपाली रेणु चन्द, विमला सिंह, देवीलाल चौधरी, मोतिकला चलाउने, देवराज रेग्मी, टेकेन्द्र भट्ट, तारामान स्वाँर, लोकेन्द्र लम्साल, डडेल्धुरामा केन्द्रीय सदस्यहरु भगत बडुवाल, शिवसिंह ओली, रमेश धामी, दलबहादुर धामी, दार्चुलामा केन्द्रीय सदस्यहरु नरेन्द्र कुँवर, डम्बर घर्ती, गणेश खत्री, जमानसिंह धामी, भुवन चन्द्र बिक खटिएको माओवादी केन्द्रले जनाएको छ ।

त्यस्तै बैतडीमा केन्द्रीय सदस्यहरु रामप्रसाद तिमिल्सिना, भक्त विश्वकर्मा, भरत धानुक, माया नेगी, मान सिंह धामी, गणेश खत्री, अछाममा केन्द्रीय सदस्यहरु ओमप्रकाश पुन, कुन्ती जोशी,नरेन्द्र कुँवर केन्द्रीय सल्लाहकार जंग बिक, शिद्धराज भाट र डोटीमा केन्द्रय सदस्य शरद सिंह भण्डारी, लक्षिराम आचार्य, गोविन्द बिक खटाइएको जनाइएको छ ।

त्यस्तै कञ्चनपुरमा केन्द्रीय सदस्यहरु नेपबहादुर थारु, वीरमान चौधरी, शंकर खड्का, दिपा चौधरी, सरु थारु, विनिता चौधरी, गोविन्द तिमिल्सिना, निर्वाचन आयोग सदस्य हरिराम श्रीपाइली,बाजुरामा केन्द्रीय सदस्यहरु देवकी मल्ल, लक्ष्मण खड्का, तिलक परियार र बझाङमा केन्द्रीय सदस्य लालबहादुर सोडारी, ललित सिंह गगुन्ना, केन्द्रीय अनुशासन आयोगका सदस्य धर्मराम बिक खटाइएको जनाइएको छ ।

प्रतिक्रिया