रौतह । वन जोगाउन दिनरात खटिरहे पनि केही व्यक्तीहरुले आफूलाई बदनाम गराउन खोजेको पौराही सब–डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत सुरेश कुमार महतोले बताएका छन् । पत्रकारहरु सँग कुराकानी गर्दैै उनले यस्तो बताएका हुन् ।
नदी किनारमा वृक्षारोपण गरेर लाखौं बजेट हिनामिना गरेको होे ? भनि पत्रकारले सोधेको प्रश्नको जवाफमा उनले भने – ‘आफूले वृक्षारोपणमा कुनै हिनामिना गरेको छैन । जुन वृक्षारोपण गरिएको हो । त्यो कार्यक्रमको उदेश्य नै नदी खोला किनारमा उकास भएको जग्गामा वृक्षारोपण गर्ने थियो । त्यसकारण हामीले नदी उकास भएको ठाउँमा नै वृक्षारोपण गरेका हौं ।
त्यस्तो ठाउँमा वृक्षारोपण गरेपछि त्यस ठाउँको वातावरणदेखि आर्थिक रुपमा पनि फाइदा पुग्छ । पछि त्यहाँ गरिएको वृक्षारोपणलाई हामी स्थानीय समुदायलाई हस्तान्तरण गर्छौं । त्यहाँबाट उनीहरुले पछि करोडौं रुपैयाँ फाइदा लिन सक्छन् ।
त्यसै लक्ष्य अनुरुप हामीले आर्थिक वर्ष २०७९/८० मा जिल्लाको चन्द्रपुर नगरपालिकाको वडा नम्बर १ स्थित बागमती नदी किनारमा दोभान टोल देखि पूर्व क्षेत्रमा हामीले वृक्षारोपण गरेका छौं । सो ठाउँमा रहेको नदी किनारमा खैर, सिसौ,टिक,अमला र जामुन सहित विभिन्न जातको विरुवा करिब २८ हेक्टर क्षेत्रफलमा रोपेका छौं ।’
प्रतिक्रिया