२ सय ६० विद्यार्थी लाई शैक्षिक सामग्री सहयोग

सिन्धुपाल्चोक । पाँचपोखरी थाङ्पाल गाउँपालिका–६ स्थित श्री गोल्मेश्वरी आधारभूत विद्यालयका २ सय ६० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । हेलम्बु एजुकेसन एन्ड लाइभलीहुड पार्टनरसिप नेपालले पाँचपोखरी थाङ्पाल गाउँपालिकाका विभिन्न विद्यालयहरूमा साथी शिक्षक सहयोग गरेको छ । शिक्षक सहयोग गरिएको विद्यालयमा झोला लगायतका शैक्षिक सामग्री वितरण गरिएको हेलम्बु एजुकेसन एन्ड लाइभलीहुड पार्टनरसिप नेपालका अध्यक्ष जिमि लामाले जानकारी दिए ।

गाउँपालिकाकी उपाध्यक्ष सुनिता अधिकारी, वडा अध्यक्ष नारायण भट्टराई लगायतको उपस्थितिमा बुधबार विद्यार्थीहरूलाई झोला वितरण गरिएको लामाले बताए । अहिले संस्थाले २२ जिल्लामा साथि शिक्षक सहयोग गर्दै शैक्षिक गतिविधिलाई गुणस्तरीय बनाउँदै लगेको छ । हालसम्म २१ हजार ६ सय ७९ वटा झोला वितरण गरिएको लामाले बताए । आगामि हप्ता संस्थाले धादिङ जिल्लामा झोलालगायत शैक्षिक सामग्री वितरण गर्ने योजना रहेको लामाले जानकारी दिए ।

प्रतिक्रिया