‘प्रदेश सरकारले हचुवाको भरमा योजना छनोट गर्यो’

बझाङ । सुदूरपस्चिम प्रदेश सरकारले हचुवाको भरमा योजना छनोट गरेको जयपृथ्वी नगरपालिकाका नगरप्रमुख चेतराज बजालले बताएका छन् । शुक्रबारदेखि शनिबारसम्म जिल्ला समन्वय समितिको सभाहलमा सञ्चालन भएको जिल्ला समन्वय समितिको साताँै जिल्ला सभा तथा वार्षिक समीक्षा गोष्ठीमा उक्त कुरा बताएका हुन् ।

नगरप्रमुख बजालले भने, ‘संघीय सरकारकारबाट हुने कामहरू स्थानीयतहहरूमा प्रायःजसो समन्वयकारी भूमिकामा आउने भएको भए तापनि प्रदेश सरकारबाट हुने योजनाहरू भने हचुवाको भरमा आ–आफ्नो नातागोता र कमिसनको भरमा आउने गरेको, भएकाले जति विकास हुनुपर्ने हो त्यति नभएको, स्थानीयतहमा कर्मचारीहरूको अभाव हुँदा पालिकाका कार्य सम्पादनमा ढिलाइ हुने गरेको, र हाम्रा लागि चैनपुर ताक्लाकोट सडक खण्ड गौरवको योजना भएको भए तापनि प्रदेश सरकार र संघीय सरकारका लागि नभएकोे संघीय सरकार र प्रदेश सरकारले जिल्लाका लागि जति विकासका गर्नुपर्ने हो त्यति नभएको बताए ।

कार्यक्रममा मेयर बजाले भने स्थानीय तहबाट सम्पन्न हुने कतिपय योजना आयोजनाहरू पार्टीका नेता कार्यकर्ता प्रत्यक्ष वा अप्रत्यक्ष संलग्न हुने भएकाले उनीहरू पनि गाउँ ठाउँ समाज विकासका लागि नभए केही व्यक्तिहरू एकजोर जुत्ता किन्नलाई भए पनि उपभोक्ता समितिको अध्यक्ष उपाध्यक्ष सचिव हुने गरेको बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले यो सभाबाट जिल्लाको विकासका लागि विभिन्न कुराहरू उठेको भए तापनी स्थानिय तहहरू विकासिय कार्यालयहरूले, आप्mनो ठाउँबाट आवश्यक र प्राथमिकताको आधारमा बजेट निर्माण गर्नुपर्ने, स्थानीयतहहरूले विपत् व्यवस्थापनका लागि क्षतिको विवरण हेरी रकम भुक्तानी गर्नुपर्ने स्थानीय संरचना बनिसकेको हुँदा अवैध घरेलु मदिरा नियन्त्रण गर्न र बजार अनुगमनका लागि के कस्तो सहयोग गनुपर्ने हो आफू सधैँ तयार रहेको र पालिकाले पनि कानुन निर्माण गरी त्यसको कार्यान्वयन गर्नुपर्ने बारेमा आफ्नो घारणा राखेका थिए ।

समापन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका अध्यक्ष नरबहादुर बोहराले भने बझाङ जिल्ला विकासका लागि न प्रदेश सरकारले चासो राखेको छ न संघीय सरकारले राखेको छ, कार्यक्रमा सहभागी हुन बझाङ जिल्लावाट निर्वाचित हुने सांसदहरूलाई पत्र पठाउँदा फोन सम्पर्क गर्दा पनि उपस्थित नहुनु दुःखको कुरा भएको बताए । कार्यक्रमा बोहराले भने जिल्लाका सबै पालिकाहरूमा इन्टरनेट र बिजुलीको अभाव भएको हुँदा कार्यसम्पादनमा ढिलाइ भएको गुनासो आएकोले यो सभाबाट उठेका कुराहरू पूरा गर्न हामी सबैले लाग्नुपर्ने बताए ।

सातौँ जिल्ला सभाबाट प्राकृतिक विपत्ति तथा महामारीको समयमा उदार उपचार राहत र पुनःस्थापनका लागि स्थानीय विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गरी कार्यान्यन गर्ने, तेस्रो, चौथो, पाँचौँ र छैटौ जिल्ला सभाले गरेको निर्णयअनुसार चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको सीमावर्ती क्षेत्र र प्रसिद्ध धार्मिक कैलास मानसरोवार क्षेत्रमा आवतजावत गर्न गरिएको कडाइलाई सहज पहुँच र अनुमति पत्रका लागि आवश्यक कूटनीतिक तथा राजनीतिक पहलका लागी संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

त्यसैगरी जिल्ला अस्पताल बझाङमा अति गम्भीर बिरामीलाई आवश्यक स्वास्थ्य सेवा प्रदान गर्न आइसियु एवं दुई थान भेन्टिलेटरसहित ६ ओटा आइसियु बेड रहेकाले सो सञ्चालन गर्न जनशक्तिको व्यवस्थापन गर्ने र ५० बेटको अस्पताल सञ्चालनका लागि प्रदेश सरकार सामाजिक विकास मन्त्रालय तथा संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अनुरोध गर्ने पनि निर्णय गरिएको छ ।

यसैगरी रंगुन खोला जलविद्युत् केन्द्र एक मेघावाटलाई आइसुलेट मोडमा सञ्चालन गर्नका औजार तथा मेसिनका लागि आवश्यक वजेट व्यवस्थापन गर्न संघीय सरकारलाई अनुरोध गर्नुका साथै कालंगा जलविद्युत अन्तर्गतको रपैलमा १ सय ३२÷३३ केभिको सब स्टेसन निर्माणका लागि कालंगा जलविद्युत् केन्द्र सञ्चालकलाई आवश्यक सहयोगका लागि पहल गरी विद्युत् प्राधिकरणलाई सब स्टेसन निर्माणमा सहयोगका लागि अनुरोध गर्नेलगायत ३० ओटा निर्णयहरू पारित गरिएको छ । जिल्ला सभामा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि स्थानीय तह सरकारी कार्यालयका प्रमुखलगायत पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया