प्युठान । प्यूठानको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोखरेलले गाउँपालिकामा नीतिगत अनियमितता मौलाएको भन्ने फेसबुकमार्फत दिएको अभिव्यक्तिका कैयन बिषयमा छानविन गर्न समिति गठन भएको छ । शनिवार गाउँपालिका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले अनियमितता भएको भन्ने बिषयमा छानविन गर्न समिति गठन गरेको हो ।
उपाध्यक्ष प्रमोद पोख्रेलले कार्यालयमा केही अनियमितताका बिषयमा उठेका सवालमा छानबिन गर्ने र समस्या निरुपण गर्न यस्तो समिति गठन गरिएको गाउँपालिका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीले जानकारी दिए ।
सुशासन तथा संस्थागत बिकास समितिको संयोजक ६ नम्बर वडा अध्यक्ष धनबहादुर पुनको संयोजकत्वमा सुशासन तथा संस्थागत विकास समिति सदस्यहरु र पालिकामा गठित विभिन्न बिषयगत समितीहरु क्रमश आर्थिक बिकास समिति, सामाजिक बिकास समिति, पुर्वाधार बिकास समिति र बन बाताबरण तथा बिपद ब्यवस्थापन समितिका संयोजक सदस्य रहनेगरी ८ सदस्यीय समिति गठन गरिएको छ । गठित समितिले आवश्यक फाइल अध्यन गरि प्रतिबेदन कार्यपालिकालाई बुझाउने गरि जिम्मेवारी दिइएको अध्यक्ष एमसीले बताए ।
स्थानीय सरकार संचालन ऐनले आर्थिक अनियमिततासँग जोडिएका विषयहरुको निरुपण गर्नका लागि शुसासन तथा संस्थागत विकास समितिलाई अधिकार दिएको छ । गठित समितिले विभिन्न विषयगत क्षेत्रमा विज्ञ व्यक्तिहरुको सहयोगमा अन्तिम छानविन गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।
अनियमितताको बिषयमा छानबिन समितिले आवश्यक प्रमाण र कागजको आधारमा छानबिन गर्ने छ । समितिले अध्यन गरेर तयार पारेको प्रतिबेदन कार्यालयलाई तोकिएको समय सिमा भित्र पेस गर्ने भनिएको छ । छानबिन समितिले दिएको प्रतिबेदन कार्यपालिकाले पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरिने गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्री जानकारी दिए ।
अध्यक्ष पितबहादुर महतरा क्षेत्रीले पालिकामा उठेका बिषय प्रती गम्भीर भएका छौ। उनले भने, ‘समस्या समाधानको लागि छानबिन समिती गठन भएको छ ।’ सबै बिषयलाई छानबिन समितिले अध्ययन गरेर दिएको प्रतिबेदनको आधार सबै समस्या निरुपण गरिने अध्यक्ष महतरा क्षेत्रीले बताए ।
पालिका उपाध्यक्ष प्रमोद पोख्रेलले पालिकामा आवश्यक सामाग्री बिना टेन्डर खरिद गरेको बिषय आफुले पटकपटक उठाए पनि सुनुवाइ नहुदा यो अवस्था आएको बताए । पालिकामा आर्थिक सुशासन कायम गर्न आफुले उक्त बिषय उठाउनु परेको उनले स्पष्ट पारे । आग्रह पुर्वाग्रह बिना पालिकाको खर्च मितब्ययी र पारदर्शी बनाउने सबै जनप्रतिनिधि कर्मचारीको सहकार्य हुनुपर्ने बताए ।
बैठकमा दुई लाख रकम भन्दा माथिको सामाग्री खरिद गर्दा विद्युत्तिय बोलपत्र प्रणालीबाट सामाग्री खरिद गरिने समेत निर्णय भएको छ । तर दुई लाख सम्मकाे सामान खरिद गर्नुपरेमा खरिद समितिलाई जिम्म दिइएको छ । खरिद समितिले खरिद गरेको सामानको बिल र सामाग्री जनप्रतिनिधिको रोहवरमा रुजु गरेपछि मात्र स्टाेरमा दाखिला गरिने भएको छ ।
त्यस्तै योजना/आयोजना तथा कार्यक्रम अनुगमन कार्यविधी २०८० को मस्यौदा तयार भएको छ । सो तयार भएको मस्यौदा अध्ययनको लागि कार्यपालिका सदस्यलाई दिइएको छ । अन्य कार्यविधी जस्तै सवारी साधन सन्चालन कार्यविधी २०८० र सामान गरिद सम्बन्धि कार्यविधी २०८०को मस्यौदा तयारी गरि अर्को कार्यपालिका बैठकमा पेश गरिने निर्णय भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पोख्रेलले बताए । केही दिनभित्रै गाउँपालिकामा महालेखा परिक्षण शुरु हुने भएकाले त्यसपछि छानविनको कार्यको थालनी हुने प्रमुख प्रशासकीय अधिकृत पोखरेलले जानकारी दिए ।
छानविन समितिले मलेपको प्रारम्भिक प्रतिवेदनलाई पनि छानविनको आधारको रुपमा लिने छ । एक महिनासम्म रिपोर्ट सार्वजनिक हुने गरी समितिले जिम्मेवारी पाएको छ । गाउँपालिकामा जनप्रतिनिधि कर्मचारीहरु सदैब जनताप्रती जवाफदेही हुने र सहकार्य गरेर काम गर्नुपर्ने निष्कर्ष कार्यपालिकाको रहेकोे छ ।
प्रतिक्रिया