बगमती मुद्रण उद्योग महासंघको अध्यक्षमा अजय बादे

काठमाडौं । नेपाल मुद्रण उद्योग महासंघ बागमती प्रदेश अध्यक्षमा अजय बादे श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा भएको सो महासंघको बागमती प्रदेशको दोश्रो साधारणले बादेलाई अध्यक्षमा निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा अर्जुन कार्की निर्वाचित भएका छन् भने समिति २१ सदस्यिय रहेको छ ।

साधारण सभामा नेपाल मुद्रण उधोग महासंघका अध्यक्ष खोमा कान्त रेग्मी, पूर्व अध्यक्ष माधव केसी, पुष्कल गौतम लगायतले मुद्रण व्यवशायीहरुले हाल भोगी आईरहेका समस्या र समाधानका लागि देशभरीका सम्पूर्ण मुद्रण व्यवशायीहरु एक जुट हुनु पर्ने कुरामा जोड दिएका थिए ।

सभामा नव निर्वाचित अध्यक्ष अजय बादे श्रेष्ठले मुद्रण व्यवशायीहरुका हक हितमा आफु तथा कार्यसमिति सदैव सर्मपित हुने प्रतिवद्धता जनाएका थिए ।

प्रतिक्रिया