रुकुम पश्चिम । रुकुम पश्चिमको मुसीकोट नगरपालिकाका एक कर्मचारी अधिकृतकै कार्यकक्षमा कुटिएका छन् । नगरपालिकाका उपप्रमुख विमलकुमार पुनले नगरका शिक्षा शाखाका निमित्त अधिकृत नरेन्द्र ओलीमाथि हातपात गरेका हुन् ।
मुसिकोट– १ स्थित रहेको त्रिभुवन जनता माध्यमिक विद्यालयमा करार शिक्षक पदपूर्तिको विषयलाई लिएर आफूमाथि हातपात भएको अधिकृत ओलीले बताए ।
विद्यालयले लेखा पदमा करार शिक्षकमा आवेदन माग गरेर (आज) शनिबार परिक्षा तोकिएको थियो । सोही विषयलाई लिएर परिक्षा सञ्चालनको तयारी हुँदै गर्दा आफूलाई जानकरी नदिई परिक्षा गराउन लागेको भन्दै हातपात भएको ओलीले जानकारी दिए ।
यता उपप्रमुख पुनले भने आफूलाई नसोधी परिक्षा किन सञ्चालन गर्न लागेको मात्रै भनेको र हातपात नभएको छैन भनेर स्पष्टिकरण दिएका छन । उनले पत्रकार सम्मेलनमार्फत प्रष्ट पार्ने भन्दै आफूले कसैमाथि हातपात नभएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
प्रतिक्रिया