आइओईले गरेकाे चर्को शुल्क वृद्धि तत्काल फिर्ता लिन अनेरास्ववियूकाे माग

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको भातृसंगठन अनेरास्ववियूले इन्जिनियरीङ्ग अध्ययन संस्थानद्वारा गरिएको भारी शुल्कवृद्धि खारेज हुनुपर्ने माग उठाएको छ । प्राविधिक शिक्षा आम नागरिकको पहुँचमा हुनुपर्ने धारणा राख्दै गरिव, किसान, मजदुर र आर्थिक विपन्नताको पिडा खेपीरहेका हरेक नागरिकको प्राविधिक शिक्षा प्राप्तिको सपना पुरा गर्ने कर्तव्य राज्यको रहेको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले बताएका छन् ।

एक विज्ञप्ती जारी गर्दै उनले भनेका छन्, ‘सर्वसुलभ र सबैको पहुँचमा प्राविधिक शिक्षा अनेरास्ववियूले विगतदेखि नै उठाउँदै आएको विषय हो । यही मिति २०८० श्रावण २५ गते इन्जिनियरीङ्ग अध्ययन संस्थान (आइ.ओ.ई) ले आगिंक क्याम्पसहरुमा गरेको चर्को शुल्क वृद्धि (२ लाख ८० हजारबाट बढाएर ७ लाख ७५ हजार बनाइएको) प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

प्रतिक्रिया