रुकुम पश्चिम । जिल्लाको आठविसकोट नगरापलिका–६ स्थित एक पुरुषको शव फेला परेको छ । गोतामकोटको झोडेनीमा बिहीबार एक पुरुषको शव फेला परेको हो ।
वडा नम्बर ६ छिमी गाउँका अन्दाजी ४८ वर्षीय आसे बोहराको शव फेला परेको सोही वडाका वडाध्यक्ष धनेश्वर शर्माले जानकारी दिए । शर्माका अनुसार मृतक बोहराको घरभन्दा करिब एक किलोमिटर टाढा शव फेला परेको हो ।अहिले घटनास्थलमा प्रहरीको टोली पुगेको र घटनाको कारण खुल्न नसकेको जनाइएको छ ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक विक्रम सुवेदीको नेतृत्वमा ६ जना प्रहरी जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट २ जनाको टोली पुगेको हो । प्रहरीले भिर नजिकै फेला परेको शव सडेको अवस्थामा रहेको जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ ।
प्रतिक्रिया