रौतहट । जिल्ला कारागार रौतहट गौरको अवस्था छिट्टै समाधान गराउने गौर नगरपालिकाका नगर प्रमुख शम्भु शाहले बताएका छन् । बुधबार पत्रकारहरु सँग कुरा गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । करागारलाइ कसरी सुरक्षित गर्ने विषयमा आफूपनि संवेदनशिल रहेको उनले बताए । कारागारको पुनः निर्माण कसरी होस् र यसको राम्रो कसरी हुन्छ यसता तर्फ आफू लागी परेको उनको भनाइ छ ।
आफू निर्वाचित हुने वितिकै त्यसबेलाका तत्कालीन मन्त्री प्रभु साहलाइ गौर कारागारको अनुगमन पनि गराएको जानकारी गराए । यसमा आफूले बारम्बार पहल गरी नै रहेको जनाए । कारागारको जग्गा केही व्यक्तीहरुले अतिक्रमण गरेर राखेका छन् । यसबारे सम्बन्धित मन्त्रालयमा परिपत्र पनि गरेको उनले बताए । त्यहाँ बाट जग्गा अतिक्रमण मुक्त गराउन परिपत्र नआएकोले यसमा अगाडी काम बढाउन नसकेको बताए । आफू पनि यसको प्रतिक्षामा रहेको बताए ।
सर्वप्रथम कारागारको जग्गा अतिक्रमण मुक्त गराउन पर्दछ । त्यसको लागि प्रहरी प्रशासनको सहयोगको पनि आवश्यकता पर्नेछ । दोस्रो कुरा चाँही प्रदेश समन्वय परिषदको बैठकमा गृहमन्त्री आउनु भएको थियो । कारागारको अवस्थाको बारेमा आफूले उहाँलाई सबै कुरा अवगत गराएको छु उनले भने । ‘गृह मन्त्रालयको लगानी गर्न मैले उहाँँलाइ आग्रह पनि गरेको छु । कारागार लगायत भन्सार सुरक्षा गार्ड सहित दुइ ठाउँमा सहयोग गरि दिनु हुन उहाँ सँग आग्रह गरेको छु’ उनले भने ।
साथै उनले गौर नगरपालिकाको विकास निर्माणको विषयमा प्रतिक्रिया दिदै जिल्लाको सबैभन्दा पुरानो नगरपालिका भएतापनि पिछडीएको नगरपालिका रहेको बताए । यसको तिव्र विकासको लागि आफू लागि परेको बताए ।
गौर नगरपालिकालाइ सुखी,समृद्ध र विकसीत बनाउनुका लागि आफू लागि परेको बताए । उनले घण्टाघर निर्माणको काम भइरहेको,टाउन हलको पनि निर्माण कार्य अगाडी बढेको बताए । त्यस्तै गौरको कबिर चौकमा पनि विवाह मण्डपको काम पनि अगाडी बढाइसकेको जानकारी गराए । करिब चार वर्ष देखि अलपत्र अवस्थामा रहेको र पैसा निकासा गराएर झुलुङ्गे पुलको काम त्यस्तै छोडेकोलाइ काम सम्पन्न गराएको उनले बताएं ।
‘गौर नगरपालिका र इशनाथ नगरपालिकालाइ जोड्नका निमित बानेश्वर स्थानमा झुलुङ्गे पुलका स्थापना गराएका छौं । तीन ठाउँमा सूर्य मन्दिर निर्माण,श्री जुद्ध माविमा डिजिटल प्रविधि बाट पढने व्यवस्था पनि गराएका छौं ।’ मेयर शाहले बताए
उनले भने –शिक्षकको कमि पुरा गर्ने प्रयास गरेका छौ । गौर नगरपालिकाको सिसवामा प्रवेश द्धार पनि निर्माण गरेका छौ , सिर्सियामा पुल निर्माण गर्नुका साथै गौर नगरपालिकामा थुप्रै कामहरु भएको छ । काम गर्दाखेरी दिर्घकालीन रुपमा हेरेर काम गराउने गरेको छ।
गौर नगरपालिकालाइ ग्रिन सिटिको रुपमा बनाउने आफनो सोच रहेको बताए । नगरपालिकाको विकास निर्माणको कार्य लाइ द्रुत गतिमा बढाउन अर्थको अभाव रहेकोले प्रदेश सरकार र संघ सरकार सँग यसको लागि पहल गरिरहेको उनले बताए ।जनप्रतिनिहरु बाट विकास निर्माणको काममा सहयोग भएको तर केही असामाजिक तत्वहरु र इष्र्या, डाहा गर्ने व्यक्तीहरु अगाडी बढिरहेको उनले बताए । भेपर लाइटहरुमा ढुंगाले फोर्ने, वृक्षारोपण लाइ उखालेर फाँल्ने लगायत मनोबल गिराउने कामहरु चाँही भइरहेको उनले बताए ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया