रुकुम पश्चिम । गत साउन १९ गते रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१, सल्लेस्थित आफ्नै घरमा एक युवतीको शव फेलापरेको खबर सनसनीपूर्ण फैलियो । सल्लेकी ५२ वर्षीया हस्तकली बुढाथोकीको हत्या गरी शव फालिएको अवस्थामा फेला प¥यो हत्या कसले ग¥यो ? किन ग¥यो ? भन्ने बिषय निकै पेचिलो बन्न पुग्यो । आफ्नै घरमा बुढाको ढुंगाले कन्चटामा हानेर हत्या भयो । त्यसपछि घटनास्थल आसपासमा हत्यामा संलग्न भएको व्यक्ति पहिचान गर्ने आधारहरू भेट्न गाह्रो भयो । रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईको नेतृत्वमा कर्णाली प्रदेश प्रहरी कार्यालयबाट झिकाइएको कुकुरसहित प्रहरीहरू अनुसन्धानमा खटिए ।
घटनास्थलमा फेला परेका उपकरण र सोधपुछबाट उत्पन्न भएको आशंकामा दुई महिला मुसीकोट–१ सल्ले बस्ने २३ वर्षीया सिर्जनाबुढा बोहरा र मुसीकोट–५, टटेला बस्ने ३० वर्षीया शोभाकुमारी सुनारलाई पक्राउ गरियो । अनुसन्धानमा आरोपित महिलाहरूले हत्या गरेको स्वीकार गरेपछि उनीहरूलाई प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक ग¥यो ।
गतसाता रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ सल्लेकी ५२ वर्षीया हस्तकली बुढाथोकीको हत्या आरोपमा पक्राउ परेकी एक महिलाले पाँच वर्षअघि पनि सोही ठाउँमा अर्की महिलाको हत्या गरेको खुलासा भएको छ ।
बुढाथोकीको हत्या आरोपमा पक्राउ परेकी ती महिलाले २०७५ असार १० गते ४६ वर्षीया आइती बुढाको घरमै हत्या गरेकी थिइन् । उक्त घटनाको अहिलेसम्म पनि हत्यारा पत्ता लाग्न सकेको थिएन । पक्राउ परेकी सल्लेकी २३ वर्षिया सिर्जना बुढा बोहराले दुई महिलाको हत्या गरेको जिल्ला प्रहरीले कार्यालय रुकुम पश्चिमले बताएको छ ।
गहना लुट्नकै लागि गत साउन १८ गते मध्यरातमा आफ्नै घरमा हत्या गरिएकी ५२ वर्षीया हस्तकली बुढाथोकी र २०७५ असार १० गते हत्या गरिएकी ४६ वर्षीया आइती बुढाको हत्या बोहराले नै गरेको अनुसन्धाबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिए ।
अनुसन्धानका क्रममा आरोपित बोहराले दुबै जनाको हत्या गरेको स्वीकार गरेको भट्टराईले जानकारी दिए । अनुसन्धानका क्रममा आफूले पाँच वर्ष पहिले गरेको हत्या पत्ता नलागेपछि फेरी गत साउनमा बुढाथोकीको हत्या गरेको ती महिलाले बताइएकी छन् । दुबै महिलाको पैसाकै लोभमा हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
डिएसपी भट्टराईका अनुसार हस्तकली बुढाथोकी र आइती बुढाको हत्या सिर्जनाले पैसाकै लागि गरेको बताएकी छन् । गहना र पैसा लुट्ने मनाशयले एकै किसिमको हत्या भएको प्रहरीले जनाएको छ । उनले ढुंगा र लौरोले कञ्चटमा हानेर हत्या गरेपछि सुनका गहना, मोबाइल, नगद लुटेर बाहिरबाट कोठामा ताला लगाएर निस्किएकी थिइन् । बोहोराले लुटेका गरगहना मुसिकोटको खलंगास्थित सुनचाँदी पसल सञ्चालन गर्दै आएकी सुनाले सुनको मूल्यभन्दा ५० हजार कम मूल्यमा बिना बिल १ लाख ८४ हजारमा बोहोराबाट सुन खरिद गरिएको प्रहरीले जानकारी दिएको छ ।
गत बिहीबार हत्या गरिएकी बुढाथोकीको शुक्रबार राती मात्र घरभित्र शव रहेको पत्ता लागेको थियो । अदालतबाट म्याद थप गरेर अहिले प्रहरीले कर्तव्य ज्यान एवं डाँका तथा आपराधिक उपद्रव शीर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाएको जनाएको छ । आफ्नै घरमा मृत भेटिएकी बुढाथोकीको हत्या भएको आशंका पछि प्रहरीले कर्णाली प्रदेश प्रहरी कार्यालय र कर्णाली प्रदेश केनाइन शाखा कोहलपुर बाँकेबाट तालिम प्राप्त कुकुरबाट अनुसन्धान सुरु गरेको थियो ।
रुकुम पश्चिम
प्रतिक्रिया