मुगु । मुगु जिल्लाको उत्तरी सोरु गाउँपालिका ७ सीप चिप्ले गौडामा चिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृतक र घाइते सबैको पहिचान खुलेको प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक बस्नेतका अनुसार मृत्यु हुनेमा हुम्ला जिल्लाको सर्केगाड–२ रिपगाउँका एकै नामथरका २ जना राम परियार, सोही ठेगानाका प्रकाश बोहोरा र पिउस परियार रहेका छन् ।
गम्भीर घाइतेहरूमा मुगु जिल्ला सोरु गाउँपालिका–७ सीप गाउँका चालक दिनेश लावड, सोरु–५ का गोविन्दा शाही र सोही वडाका वडा सदस्य लोकजंग नेपाली रहेका छन् ।
सोरु–६ कै सेरे रोकाया र हुम्ला सिमीकोट–२ का उदीप बोहोरा पनि घाइते भएका छन् । गमगढी बजार र नेपालगञ्ज जान जीप चढेका ५ जना हुम्लीमध्ये ४ जनाको मृत्यु भएको छ ।
सोमवार अपराह्न ४ बजे सोरु गाउँपालिकाबाट मुगु जिल्ला सदरमुकाम गमगढीतर्फ आउँदै गरेको ग१ज ७७६२ नम्बरको बोलेरो जीप सोरु गाउँपालिका–७ चिप्लेगाडामा दुर्घटना भएको थियो । जीप सडकबाट २सय मिटर तल खसेको थियो ।
मुगु
प्रतिक्रिया