काभ्रे । काभ्रे जिल्लाको रोशी गाउँपालिका– ११ कालढुंगामा कन्द्रीय प्रसारण लाईन जडान भएको छ । वडा नम्बर ११ को एक सय ३५ घरधुरीमा केन्द्रीय प्रसारण लाइनबाट बिजुली बल्ने भएको हो । सोमबार रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले प्रसारण लाइनको एमसिबीबक्समा स्वीच अन गरेर शुभारम्भ गरे ।
सो वडामा केही समय अगाडि ३८ घरमा लाइन जोडिसकेको थियो भने अहिले १३५ घरधुरीमा जडान गरेको हो । वडामा ८ सय घरधुरीमा केन्द्रीय प्रसारण लाइन नभएकोमा एक सय ७३ घरधुरीमा जोडिएको छ । अन्य घरधुरीमा छिटै लाइन जोडिने गाउँपालिकाका अध्यक्ष लामाले बताए । यसभन्दा पहिला सो घरधुरीमा लघ विद्युतबाट बिजुली बाल्दै आएका थिए ।
केन्द्रीय प्रसारण लाई जडान भएपछि स्थानीयहरू खुसी भएका छन् । राष्ट्रिय प्रसारण लाइन जडान हुँदा दिनरातै बिजुली आउने भन्दै स्थानीय खुसी भएका हुन् । ‘अब त राष्ट्रिय लाइन आयो, हामी केही उद्यम गर्नलाई सहज हुने भयो ।’ रोशी(११ का एक स्थानीयले भने, ‘केही नगरी गर्मीमा सुतेरै बस्छु भन्दा पनि पंखा चलाएर मज्जाले सुत्न पाईयो नी ।’
केन्द्रीय प्रसारण लाइन जडानको लागि ५ करोडमा ठेक्का लागेको भए पनि शाखा लाइनको लागि ३ करोड खर्च भएको छ । उक्त प्रसारण लाइन जडान कार्यक्रममा नेपाली कांग्रेस रोशी गाउँ कार्यसमितिका सभापति दुधराज लामा, वडाध्यक्ष लालकुमार पाख्रिन लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया