चार जिल्लाको तरकारी बजार फिस्लिङ (भिडियाेसहित)

चितवन । चितवनको इच्छाकामना गाँउपालिका–३ को फिस्लिङ बजारमा तरकारी संकलन केन्द्रको रुपमा विकास भएको छ । गाँउमा किसानहरुले व्यवसायीक रुपमा लगाएको तरकारी यहाँ विक्री गर्न ल्याउँछन् । चार जिल्ला चितवन, गोरखा, धादिङ र तनहुँका किसानको कृषिजन्य उत्पादन यहाँको बजारबाट बिक्री हुने गर्छ ।

चितवनको इच्छाकामना गाँउपालिका, गोरखाको गण्डकी र शहिद लखन गाँउपालिका, धादिङको बेनिघाट रोराङ गाँउपालिका र तनहुँको आबुखैरेनी गाँउपालिकाका किसानले उत्पादन गरेको तरकारी यहाँ ल्याउने गरिएको छ । फिस्लिङ संकलन केन्द्रमा मध्यस्थकर्ताको भूमिका यहाँ सहकारी र व्यवसायीले गरेका छन् । किसानले उनिहरुलाई काँटा गरे बापत प्रतिकिलो दुई रुपैंया दिने गर्दछन । व्यापारीहरु तरकारी लिन काठमाडौं, पोखरा, नारायणगढ, बुटवल लगायतका ठाउँबाट आउने गर्छन ।

इच्छाकामना गाउँपालिकाले तरकारी संकलन केन्द्रका लागि भवन समेत निर्माण गरेको छ । अहिले भवनमा रहेका सटरमा पाँच वटा तरकारी संकलन केन्द्र सञ्चालन भइरहेका छन । सिजनमा यस तरकारी संकलन केन्द्रबाट २० ट्रक तरकारी विक्रि हुने गरेको इच्छाकामना गाँउपालिका वडा नम्बर ३ का अध्यक्ष तथा गाँउपालिकाका प्रवक्ता नरबहादुर नेपालले बताए ।

प्रतिक्रिया