मुगुमा खेलमैदान र खेलकुद पूर्वाधार माग्दै दबाबमुलक कार्यक्रम

मुगु । हिमाली जिल्ला मुगुमा खेलमैदान र खेलकुद पूर्वाधार विकासको माग गर्दै दबाबमुलक कार्यक्रम गरिएको छ । जिल्ला खेलकुद विकास समिति मुगुको आयोजनामा मुगु जिल्लामा अहिलेसम्म खेलमैदान तथा खेलकुद पूर्वधारका विकासमा कसैले चासो नदेखाएपछि खेलकुद पूर्वाधार निमार्ण, खेलमैदानको माग गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउन र्यालीसहित दबाबमुलक कार्यक्रम गरेको हो ।

खेलमैदान नहुँदा वर्षौँदेखि समस्यामा खेलकुद प्रतियोगिता गर्दै आएको जिल्ला खेलकुद विकास समितिले शुक्रबार मुगु सदरमुकाम गमगढी बजारमा खेलमैदान, खेलकुद पूर्वाधारको माग गर्दै तीनै तहका सरकारको ध्यानकर्षण गराउन खेलाडीहरुको सहभागितामा दबाबमूलक कार्यक्रम गरिएको जिल्ला खेलकुद बिकास समिति मुगुले जनाएको छ ।

मुगुमा खेलकुुद प्रतियोतिता सञ्चालनकालागि खेलमैदान र कभर्डहल नहुदाँँ मुगुको खेल क्षेत्र प्रभावित भएको छ । खेलमैदान अभावका कारण मुगुको खेलकुद क्षेत्र ओरालो लाग्दै गएकाे खेलाडीहरूकाे गुनासाे छ । आजसम्म कुनैपनि स्थानीय तहमा खेलमैदान, खेलकुदको लागि आवश्यक पूर्वाधार निमार्ण भएका छैनन् ।

खेलमैदान लगायत अन्य खुल्ला मैदान नहुँदा जिल्लामा हुने सार्वजनिक कार्यक्रमहरु आमसभा, दिवस तथा उत्सव, खेल प्रतियोगिताहरु सदरमुकाम गमगढीमा रहेको महाकाली नमुना माद्यामिक विद्यालय बन्द गराएर गर्नु पर्ने बाध्यता छ । खेलमैदान अभावले विद्यालय बन्द गराई विद्यालयमा कार्यक्रम गर्दा बिद्यालयमा अध्ययनरत विधार्थीहरुको पठन पाठनमा समस्या हुने गरेकाले नियमित खेल अभ्यास गर्न समस्या भएको खेलाडीहरु बताउँछन् ।

विश्वले विकासमा नयाँ–नयाँ मोडल सोचेर फड्को मारिरहँदा मुगु जिल्लाभरीमा एक सुविधासम्पन्न खेल मैदान नहुनु विडम्वना भएकोले खेलक्षेत्रको बिकासका लागि आवश्यक रहेको खेल मैदान निर्माणको माग सहित जिल्ला खेलकुद बिकास समितिको आयोजनामा बाध्य भएर दबाब मुलक कार्यक्रम गरी तीनै तहका सरकारहरुलाई ध्यानकर्षण गराएको खेलकुद बिकास समितिका अध्यक्ष बिरेन्द्र
मल्लले बताए । २०८१ साल मंसिर २ देखि दशौँ राष्टि्य खेलकुद कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुँदैछ । तर त्यसको तयारीका लागि मुगुका खेलाडीले खेलमैदान अभावमा कुनै तयारी गर्न पाएका छैनन् ।

यसरी कसरी खेल क्षेत्रको बिकास गर्न कसरी सकिन्छ र यो अध्यक्षको कुर्ची खेलक्षेत्रको बिकास र खेलकुद गतिबिधि चलामयन बनाउन निर्धारण गरिएको होला तर यहाँ खेलमैदान नहुदाँ खेलकुद गतिबिधि शुन्य भएकाले अध्यक्षको कुर्चिमा बस्नुको औचित्य पनि छैन । त्यहि भएर खेलकुद क्षेत्रको बिकासका लागि बारम्बार सम्बन्धित निकायका लाई माग गर्दा पनि सुनुवाई नभएकाले बाध्य भएर आफै सडकमा र्याली सहति दबावमुलक कार्यक्रम गर्नु परेको अध्यक्ष मल्लले बताए ।

खेलमैदान नहुँदा मुगुका खेलाडीहरु अहिले पनि विभिन्न खेलहरु घरका आँगनमा, खेत गरा तथा खोला, खेल्सा, नदीका बगरमा खेलेर मनोरञ्जन लिने गर्दै आएका छन् । सरकारले एक स्थानीय तह एक खेल मैदानको अवधारणा लिए पनि मुगुका चारवटै स्थानीय तहमा कतै खेल मैदान बनाइएका छैनन् ।

जसले गर्दा मुगु खेलक्षेत्रको सम्भावाना भएपनि खेलाडी खेलामैदान अभावले समस्या परेका मार्सलाटका राष्ट्रिय प्रशिक्षक आदेश बिकले बताए । उनका अनुसार मार्सलाट लगायत अन्य विभिन्न खेलाडीहरु उत्पादनमा मुगुले सम्भावना बोकेको छ तर खेलमैदान आवश्यक भौतिक पुर्वधार निमार्णमा कसैको चासो नहुँदा खेलाडी सम्भावाना भए पनि गुमनाम हुनु परेको प्रशिक्षक बिकले बताए ।

शुक्रबार खेलकुद क्षेत्र पुर्वधार निमार्ण, खेलमैदानको माग गर्दै र्यालीसहित दबाबमूलक कार्यक्रम गरेको जिल्ला खेलकुद विकास समितिले जिल्ला प्रशाससन कार्यालयमार्फत प्रधामन्त्री तथा संघीय सरकार र प्रदेश सरकारलाई ध्यानर्कषण पत्र पठाइएकाे र मुगुको खेलमैदानको समस्या दर्शाउदै ध्यानर्कषण गराइएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

केही महिना अघि पनि खेलकुद क्षेत्रको बिकास, खेलपुर्वधार र खेलमैदानको माग गदै मुगु जिल्लाको प्रतिस्ठित क्लब रेण्डपाण्डा युवा क्लबले पनि र्याली सहित सदरमुकाम गमगढी बजमरमा दबावमुलक कार्यक्रम गरेको थियो ।

प्रतिक्रिया