रौतहट । करदाता सेवा कार्यालय गौर रौतहटले ४५ करोडभन्दा बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७९÷०८० मा ४५ करोड ८७ लाख राजस्व संकलन गरेको छ । कार्यालयले गत आर्थिक वर्ष २०७८÷०७९ मा ४५ करोड ३७ लाख राजस्व संकलन गरेको थियो ।
यस कार्यालयले गत वर्षको तुलनामा भन्दा यो आर्थिक वर्ष २०७९÷०८० मा ५० लाख बढी राजस्व संकलन भएको करदाता सेवा कार्यलय गौरका कार्यालय प्रमुख पप्पुकुमार गुप्ताले जानकारी गराउनुभयो । प्रतिशतको हिसाबले भन्नुपर्दा करदाता सेवा कार्यालय गौरले ८३ प्रतिशत राजस्व संकलन गरेको छ ।
कार्यालयबाट आर्थिक वर्ष २०७९÷०८० मा ३ हजार १ सय ६० जनाले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका छन् भने ९ सय २५ ओटा व्यापारिक स्थायी लेखा नम्बर लिएको हो । गत वर्ष कार्यालयबाट २ हजार ६ सय ९५ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका थिए भने १ हजार ४ सय ९५ व्यापारिक स्थायी लेखा नम्बर लिएका थिए । गत आवमा व्यापारिक स्थायी लेखा नम्बर लिनेको संख्या घट्नुको कारण बैंकको व्यापारिक कार्यका लागि लगाइने (कर्जा) बन्द गरिएको करण रहेको प्रमुख गुप्ताले बताएका छन् ।
कार्यालयले अनुगमन वर्ष घोषणा गरेको अनुरूप यो वर्ष १ सय ३७ वटा अनुगमन गरेको प्रमुख गुप्ताले बताए । यस कार्यालयअन्तर्गत दर्ता रहेको एक सिलसिलेवारी भदौ मसान्तमा नै निकासी (बन्द) भएको, पँुजीगत लाभकर (जग्गाको कारोबारबाट आएको राजस्व) कम संकलन भएको, इँटा उद्योगहरूको बिक्री वितरण कम भएको, उद्योगहरू बन्द भएको कारण राजस्वमा कमी आएको कार्यालय प्रमुख गुप्ताको भनाइ छ । यो वर्ष डे वान डे टु मिसमा ल्याएको स्किममा लागि परि उल्लेखनीय सहभागिता गराई राजस्व संकलन गरिएको उनले बताए ।
कार्यालयले फेसबुक पेजलाई सुचारु गरी सेवा प्रवाह गरिने कार्यमा जोड दिएको, नागरिक बडापत्र, सूचना अधिकारी, गुनासो पेटिका, कर सूचना लिफलेट समेतको व्यवस्था मिलाइएको उनले जानकारी गराएका छन् । कर कार्यालय गौरले गत आर्थिक वर्षमा गौरमा दुई ओटा मौलापुर, दुर्गा भगवती गापाको पिपरा, बौधिमाई नगरपालिकाको बंकुलसहित कार्यालयबाट लाभ लिने क्षेत्रका लेखापाल र विद्यालयहरूलाई इटिडिएससम्बन्धी कार्यक्रम गरिएको उनले बताए ।
कर कार्यालय गौरमा तीन जना सुब्बाको दरबन्दी हुँदाहँुदै एउटा पनि सुब्बा नरहेको मात्र एउटा कार्यालय प्रमुख र दुई वटा कम्प्युटर अपरेटरले सेवा दिरहेकोले राजस्व संकलनमा कमी पनि आउनुको मुख्य कारण मध्ये एक रहेको प्रमुख गुप्ताले बताए । तसर्थ सम्बन्धित कार्यालयलाई ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया