रोल्पा बस दुर्घटना अपडेट : मृतक ४ जनाको पहिचान खुल्याे (नामसहित)

प्युठान । रोल्पाको त्रिवेणी गाउँपालिका-७ तिला रिचि गाउँमा बस दुर्घटना भएको छ । दुर्घटनामा परि ४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएको रोल्पा प्रहरीले जानकारी दिएको छ । रोल्पाको परिवर्तन गाउँपालिका वाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ख २६१२ नम्वरको बस बस त्रिवेणी गाउँपालिका-७ तिला रिचिमा दुर्घटना भएको थियो । दुर्घटनामा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए ।

रोल्पा प्रहरीका अनुसार मृत्यु हुनेमा रोल्पाको माडी गाउँपालिका-२ बस्‍ने २१ वर्षीय प्रकाश बाँठा, माडी गाउँपालिका-४ का ५० वर्षीय गोर्खे डाँगी र उनकी ५० वर्षीया श्रीमती हस्त डाँगी तथा परिवर्तन गाउँपालिका-३ का ४६ वर्षीय भक्तबहादुर विक रहेका प्रहरीले बताएको छ । बस दुर्घटनामा घाइते भएकाहरूको उपचारका लागि दाङ पठाइएको छ । बस सडकदेखि करिब १५० मिटर तल खसेको र सो बसमा १९ जना यात्रू सवार रहेको प्रहरीको भनाइ छ । दुर्घटना भए लगत्तै प्रहरी स्थानीय जनता लगाएतको टोलि घटना स्थल पुगेर उद्धारमा जुटेका थिए ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया